रामधुनी । झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् । ३ हजार ४ सय ४८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले १हजार ३ सय ४८मत ल्याएर अग्रता लिएका हुन् ।
झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले १ हजार १ सय १८ मत र नेपाली कांग्रेसका देउमान थेबेले ६ सय ३२ मत प्राप्त गरे। झापा ४ मा सङ्घीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ६ सय ५७ जनाले मतदान गरेका थिए ।

















