No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जो राजनीतिक आवरणमा गुण्डागर्दी लुकाउन खोज्दैछन

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १, २०७९
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
जो राजनीतिक आवरणमा गुण्डागर्दी लुकाउन खोज्दैछन
Share on FacebookShare on Twitter

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं ६ ‘ख’ का उम्मेदवार परशुराम बस्नेतको विगतको बारेमा जानकारी नहुनै कमै होलान् । सामान्य माइक्रो बसको खलासीबाट शुरु भएको बस्नेतको जीवन यात्रा यति बेला नेकपा एमालेको प्रदेश सभाको उम्मेदवारसम्म आइपुग्दा कहालीलाग्दो आपराधिक यात्रा तय गरिसकेका छन् ।

कुनै समयमा विराटनगर वडा नं ८ को भाडाको घरमा एउटा कोठामा बस्ने परशुराम एकाएक आलिसान भव्य महलमा बस्न सक्ने हैसियतमा पुगेका छन् । धरान बसपार्कमा माइक्रोको टिकटमा दलाली गर्ने बस्नेतको आपराधिक यात्राको चर्चा तत्कालीन नागरिक दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकाललाई आक्रमण गरेपछि चुलिएको हो ।

बस्नेतको गुण्डागर्दी र आपराधिक श्रृखंलाको बारेमा समाचार लेखेको भन्दै बस्नेतका गुण्डा समूहका रोहित कोइरालाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेपछि बस्नेत फरार भएका थिए । तत्कालीन नेकपा एमालेको भातृ सङ्गठन युथ फोर्सका अध्यक्ष महेश बस्नेतको संरक्षणले पक्राउ पर्न नसकेका बस्नेतको अपराधमा नेकपा एमालेले प्रशस्तै मलजल गरेको थियो । एमालेको संरक्षण पाएपछि हौसिएका बस्नेतले त्यसपछि विराटनगरमा जबरजस्ती टेण्डर कब्जा, अपहरण र फिरौती, घर कब्जा र मिटर ब्याज जस्ता आपराधिक कार्यहरूको श्रृखंला नै शुरु गरे ।

आपराधिक पृष्ठभूमिका बस्नेतलाई नेकपा एमालेले प्रदेश सभामा उम्मेदवार बनाएपछि यति बेला पार्टीको ठुलो पङ्क्ति निर्वाचनमा सहभागी नहुने भन्दै बाहिर रहेको छ । लामो समय पार्टीमा रहेर काम गरेका योग्य कार्यकर्तालाई टिकट नदिएर अपराधका मसिहा बस्नेतलाई उम्मेदवार बनाएपछि पार्टीको जिल्ला कमिटीबाट राजीनामा दिनेको लर्को लागेको थियो ।

पार्टीका जिल्ला सचिव समेत रहेका रुपेश खतिवडा लगायतको ठुलो कार्यकर्ता पङ्क्तिले बस्नेतको उम्मेदवारीमा असहमति जनाउँदै राजीनामा दिएका छन् ।

बस्नेतको पारिवारिक जीवनमा समेत आपराधिक कार्यको असर देखिएको छ । बहु विवाहको समेत मुद्दा खेपेका बस्नेतको अपराध कर्मसँग असन्तुष्ट रहेकी कान्छी श्रीमतीले समेत पारपाचुके गरेकी छिन । पारपाचुके मुद्दामा श्रीमतीलाई अंश समेत नदिई लखेटेका बस्नेतको सम्पत्ति शुद्धीकरण आयोगमा मुद्दा समेत खेपेका थिए ।

विराटनगरमा अपराधको जग बसाउने बस्नेतको उम्मेदवारीले नेकपा एमालेमा मात्र नभएर सिङ्गो महानगर नै आश्चर्यमा रहेको छ । राजनीतिको नाममा अपराध कर्ममा संलग्न बस्नेत जस्ता मानिसहरू नै उम्मेदवार बनेपछि मुलुकबाट नै राजनीतिप्रति वितृष्णा बढ्दै जाने निश्चित छ ।

ShareTweetPin
Previous Post

रेखालाई ठुलो धक्का, राप्रपाका केन्द्रिय नेता अधिकारी सहित ५ सय कार्यकर्ता कांग्रेस प्रवेश

Next Post

सामाजिक सेवा गर्न राजनीतिमा लागेको छु : डिल्ली कार्की

Next Post
सामाजिक सेवा गर्न राजनीतिमा लागेको छु : डिल्ली कार्की

सामाजिक सेवा गर्न राजनीतिमा लागेको छु : डिल्ली कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.