No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्छु : डा.शर्मा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
पार्टीमा आन्तरिक समस्या छैन: डाक्टर शर्मा
Share on FacebookShare on Twitter

मोरङ्ग । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले बेलबारीको बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा. शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताए । किसान परिवारको बसोबास उल्लेख्य रहेको बेलबारी क्षेत्रमा वर्षेनी सर्पदंशबाट मानिसहरुको ज्यान जाने गरेकाले स्थानीय स्तरमै सञ्चालन हुने सर्पदंश उपचार केन्द्रले नागरिकको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

यसैगरी, विपन्न समुदायको स्वास्थ्य उपचारको जिम्मा आफूले लिने प्रतिबद्धतासमेत डा.शर्माले मतदातासमक्ष व्यक्त गरेका छन् । उपचार खर्चको अभावमा ज्यान जाने अवस्थाको अन्त्य गर्न आफूले निजी स्रोतबाट भएपनि उपचार सेवा प्रवाह गर्ने उनको भनाइ थियो । २०७४ को निर्वाचन जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालप्रति लक्षित गर्दै डा.शर्माले उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा कहिल्यै पाइला नटेको बताए । सोही चुनाव हारेको आफूले भने निरन्तर रुपमा स्थानीय मतदाताको निःस्वार्थ सेवा जारी राखेकाले मतदाताले विवेकपूर्ण मतदानबाट त्यसको मूल्याङ्कन गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

मत प्राप्त गरी सरकारमा बसेर पनि केही नगर्ने व्यक्तिलाई पुनः मत दिएर जिताए भावी सन्ततिका लागि दुर्भाग्यपूर्ण अवस्था निम्तने हुँदा मतदाताले मतको सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरे । आफ्नो क्षेत्रको शैक्षिक अवस्थिति सुदृढ बनाउन सात सयभन्दा बढी विद्यार्थीलाई निजी स्रोतबाट छात्रवृत्ति प्रदान गरी मेडिकल शिक्षा पढाई नर्सदेखि डाक्टरसम्म बनाएको बताउँदै उनले मुस्लिम समुदायको उत्थानका लागि मुस्लिम छात्रालाई समेत मेडिकल शिक्षा निःशुल्क उपलब्ध गराएको उल्लेख गरे । यस पटकको निर्वाचनमा पनि डा. शर्मा र पूर्वमन्त्री ढकालकै बीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

 

Tags: डा.सुनिल शर्मासुनिल शर्मा
ShareTweetPin
Previous Post

छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ? रेखा थापा

Next Post

मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

Next Post
मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

मोरङ ३ भानुभक्त ढकालमाथि आरोप नै आरोप, कम्युनिस्टको लाल किल्ला डगमगाउने संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.