No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आफ्नो क्षेत्रमा मजबुत पकड बढाउदै डा. शर्मा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १९, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
आफ्नो क्षेत्रमा मजबुत पकड बढाउदै डा. शर्मा
Share on FacebookShare on Twitter

मोरङ । प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर ३ का लागि संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा आप्नो पक्कड बढाउदै लगेका छन् ।

गठवन्धन दलहरुको बलियो तालमेल र सवै पार्टीको राजनीतिक सक्रियताले गठवन्धनका साझा उम्मेद्वार डा. शर्मा आप्नो क्षेत्रमा बलियो प्रभाव बढाउन सफल भएका हुन । स्थानिय बासिन्दाहरु खुलेर यस पटक शर्मालाइ मतदान गर्ने भनिरहेका छन ।

आगामी मंसिर ४ गतेका लागि निर्धारित आम निर्वाचनको प्रचारप्रसारमा जुटेका डा. शर्मा अहिले स्थानीयवासीको विकासको आकांक्षा पूरा गर्ने संकल्पका साथ घरघरमा पुगिरहेका छन् । आप्नो घरमा मत माग्न आएका शर्मालाइ स्थानिय वासिन्दाले पनि खुलेर स्वागत गरेका दृष्यहरु देखिन्छन । कोरोनाको कहर देखि स्वास्थ्यमा जुनसुकै समस्या आउदा डा. शर्माले सहयोग गरेको गुण स्थानिय बासिन्दाले सम्झिरहेका छन ।

आफूले विगतमा गरेका रचनात्मक तथा कल्याणकारी कामहरुका कारण डा. शर्मा आफ्ना मतदातामाझ निकै लोकप्रिय उम्मेदवार बन्न सफल भएका छन । उनी जुन इलाकामा घरदैलो कार्यक्रममा जान्छन्, त्यस क्षेत्रका युवादेखि वृद्धसम्म सबै उमेर समुहका मतदाता उनले गरेका सेवा र सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै खुला हृदयले विजयको शुभकामना दिइरहेका देखिन्छन् ।

कोरोना महामारीका समयमा घरघरमा एम्बुलेन्स पठाएर बिरामीको उपचार तथा विपन्न नागरिकको जीवनरक्षाका लागि राहत सामग्री वितरणमा डा. शर्माले देखाएको तदारुकता स्थानिय बासिन्दाले बिर्सिएका छैनन् । कोरोनाकालमा सरकारले नै चर्को शुल्कमा कोरोना परीक्षण गरिरहेको अवस्थाका बीच डा. शर्माले यस क्षेत्रका स्थानीयहरुको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सो भन्दा सुलभ दरमा परीक्षणको व्यवस्था मिलाएपछि आफूहरुलाई राहत पुगेको स्थानीयहरु स्मरण गर्छन् ।

घरदैलोका क्रममा शर्माले अघि सारेका राजनीतिक तथा समाजिक मुद्धा पनि स्थानिय बासिन्दाले मन पराएका छन । डा. शर्माले मुल रुपमा आर्थिक अभावमा उपचार नपाएर मर्न पर्ने अवस्थाको अन्त्य भएको घोषणा नै गरिसकेका छन । यस्तै आफु सांसद भएपछि राज्यका जुनसुकै पदमा पुगेपनि भ्रष्ट्राचार नगर्ने बाचा शर्माले मतदातासामु गरेका छन । राज्यकोषको एक पैशा पनि अपचलन गरे त्यो आफ्ना लागि आमाको रगत समान हुने उनको अभिव्यत्तिले पनि धेरै मतदातालाइ उनितिर तानिएका छन । पुर्वाधार विकाश र रोजगारी शृजना हुनेगरि काम गर्ने आफ्नो क्षेत्रमा हजारौंको संख्यामा रोजगारी सिर्जना गर्ने बाचा गरेका कारण युवाहरुको साथपनि शर्मालाइ देखिन्छ ।

विगत देखि नै सामाजिक सेवामा सक्रिय शर्माले अहिलेसम्म आफ्नो क्षेत्रका सात सय भन्दा बढी विद्यार्थीलाई मेडिकल शिक्षामा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म निजि छात्रवृत्ति दिएर पढाइसकेका छन । शर्माको निजि छात्रवृत्तिमा यस क्षेत्रका सतार समुदायका एक युवक आफ्नो समुदायकै पहिलो डाक्टर बन्न सफल भइसकेका छन । डा. शर्माले चाडै अव केहि महिनापछि अर्का एक दलित समुदायका युवकलाई पनि यस्तै छात्रवृत्तिमा डाक्टर बनाउने सार्वजनिक घोषण गरिसकेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनले विजय प्राप्त गरे इमानदारीपूर्वक जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै डा. शर्माले गठबन्धनले जित हासिल गरे बाटो, पुल, स्कुलजस्ता भौतिक विकासका आयोजनाहरु द्रुत गतिमा सञ्चालनमा ल्याई नागरिकको जीवनलाई गुणस्तरीय बनाउने बाचा जनतासमु गरिहेका छन । गठवन्धन दलहरुको बलियो साथ पाएका शर्मा प्रचार प्रसार देखि घरदैलो कार्यक्रममा विपक्षी उम्मेद्वारभन्दा निकै अघि देखिन्छन । यस अघि यस क्षेत्रबाट निर्वाचन जितेर सांसद र मन्त्री भएका पात्र विभिन्न काण्डमा मुछिएका थिए ।

खासगरी मन्त्री भएर पनि केहि काम नगरेको, कोरोना कालमा जनतालाइ कुनै सेवा नदिएको भन्दै स्थिानिय बासिन्दा निवर्तमान सांसदसंग निकै रुष्ट छन । त्यसको ठिक विपरित शर्माले भने कोरोनाकालमा निशुल्क उपचारदेखि अरु समयमा समेत स्वास्थ्य सेवा दिएको भन्दै शर्माको प्रशंसा गरिहेका छन । डा. शर्माले चुनाव जितेपछि गठवन्धनको सरकार बन्ने र त्यसपछि विकासका गतिविधि सञ्चालन गर्न आवश्यक पर्ने बजेट संघीय र प्रदेश सरकारको कोषबाट व्यवस्थापन गर्ने रणनीतिमा आफू रहेकाले विकासको चिन्ता नगर्न सर्वसाधारणलाइ भनिरहेका छन ।

आफ्नो क्षेत्रका अधिकतर जनता सुकुम्बासी जग्गामा बसोबास गरिरहेको तथ्यलाई दृष्टिगत गर्दै डा. शर्माले सुकुम्बासी जग्गामा बसोबास गर्ने नागरिकलाई गठबन्धनको नेतृत्वमा बन्ने सरकारले आगामी दुई वर्षभित्र पहिलो चरणको धनीपुर्जा वितरण गर्नेसमेत बताएका छन् ।

२०७४ सालको आम निर्वाचनबाट निर्वाचित नेतृत्वले अपेक्षाकृत नतिजा दिन नसकेको, कोरोना महामारीका बखत स्वास्थ्य सामग्री खरिदमा तत्कालीन नेतृत्वले व्यापक भ्रष्टाचार गरेको, दुई तिहाइ बहुमतका बाबजुद दुई पटकसम्म संसद विघटन गरी जनमतको अपमान गरेकोजस्ता कारणले तत्कालीन नेतृत्व अलोकप्रियताको शिखरमा पुगेका बेला शर्माले गठवन्धनको साथ सहित प्रचार प्रसारलाइ पनि निकै आक्रमक बनाउदै लगेका छन ।

ShareTweetPin
Previous Post

सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्छ: कानुन मन्त्री कार्की

Next Post

घरदैलोमा रेखा पुग्दा महिलाहरूको नाराबाजी

Next Post
घरदैलोमा रेखा पुग्दा महिलाहरूको नाराबाजी

घरदैलोमा रेखा पुग्दा महिलाहरूको नाराबाजी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.