No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गच्छदारलाई एजेण्डा लिएर बहस गर्न आउन भगबती चौधरीको चुनौति

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
गच्छदारलाई एजेण्डा लिएर बहस गर्न आउन भगबती चौधरीको चुनौति
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरी क्षेत्र नं.३ मा चुनाबी सरगर्मी बढेको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य पूर्वराज्यमन्त्री भगबती चौधरीको निर्वाचन क्षेत्रमा चुनाबी सरगर्मी बढेको हो । एमालेले निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रम चलाई रहेको छ ।

जनता समाजवादी पार्टीसँग चुनाबी तालमेल गर्दै मंसिर ४ गतेको चुनाबी मैदानमा उत्रिएको एमालेले योपल्ट विजयकुमार गच्छदारको किल्ला भत्काउने रणनीति अनुरुप कार्यक्रमहरु चलाई रहेको छ । सोही क्रममा शनिबार दुहवी तथा बर्जु गाउँपालिकाका विभिन्न वडाहरुमा नेकपा एमाले र जसपाका कार्यकर्ताहरुको संयुक्त विस्तारित भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ ।

दुहवी नगरपालिका वडा नं. ९ मा आयोजित कार्यकर्ता भेला प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा ३ (क) का उम्मेदवार रोहित कार्कीले कृषि क्षेत्रको विकास, युवा स्वरोजगार, महिला सशक्तिकरणका क्षेत्रमा भगबती चौधरीले धेरै काम गरेको बताउँदै स्थानीय विकासको प्रमुख एजेण्डा लिएर आफुहरु चुनाबी मैदानमा उत्रिएको बताउँदै यो पल्ट साथ दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै समानुपातिक सांसद मिना श्रेष्ठले सूर्यध्वजा वाहक उम्मेदवारहरुलाई अत्याधिक मत दिएर जिताउन आग्रह गरिन् ।

बर्जु ५ नं. वडामा आयोजित विस्तारित बैठकमा बोल्दै निर्वाचन परिचालन कमिटी सुनसरी क्षेत्र नं। ३ का संयोजक लिलम बस्नेतले भगबती चौधरी जितेर गए मन्त्री हुने हैसियतको नेता रहेको बताउँदै यो क्षेत्रको विकासका लागि नेतृ चौधरीको जित आवश्यक रहेको बताए । योपल्ट पनि नेकपा एमालेका नेताहरुले जित हासिल गर्न सकेनन् भने यो क्षेत्र २० औं वर्ष पछि पर्ने संयोजक लिलम बस्नेतले बताए ।

महिलाको विकास, रोजगार क्षेत्र र समाज विकासको क्षेत्रमा काम गर्न नेकपा एमालेलाई जिताउनु पर्ने प्रदेश सभा (ख) का उम्मेदवार रामदेव यादवले बताए । राष्ट्रिय राजनीतिमा भगबती चौधरीले जितेर गएर यहाँका किसान, महिला, युवाहरुका लागि मुख्य काम गर्ने बताए । शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकास, स्तरोन्नती गर्ने, गाउँमै खाद्य उद्योग, कोल्ड स्टोरहरु स्थापना गर्ने लगायतका एजेण्डाहरु रहेको बताए । स्थानीय तह, प्रदेश र केन्द्र तीनै तहमा एमालेको सरकार बनाएर विकासको मूल फुटाउने दावी गरे ।

क्षेत्रका विभिन्न चुनाबी कार्यकर्ता भेला तथा विस्तारित बैठकमा संवोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार भगबती चौधरीले २०७४ सालमै जनताले परिवर्तनका लागि मत दिएतापनि प्रतिपक्षी उम्मेदवारले विभिन्न जालझेल र सड्यन्त्र गरेर आफुलाई सिंहदरबार पस्न नदिएको भएपनि योपल्ट कुनैपनि प्रकारका जालझेल र सड्यन्त्र हुन नदिने बताइन् ।

आफुले विगत लामो समयदेखि आर्थिक सशक्तिकरण, महिला सशक्तिकरण र युवा स्वरोजगारका क्षेत्रमा काम गरेकोले सुनसरी ३ लाई विकासको नमुना राजधानी बनाउने अभियानका साथ एजेण्डा बनाएर चुनाबी मैदानमा उत्रिएको जिकीर गरिन् ।

प्रत्यासी उम्मेदवारले ३० औं वर्ष शासन गरेपनि यो क्षेत्रको विकासमा कुनै काम नगरेको पनि दावी गरिन् । ‘०४८ सालदेखि १३ पल्ट मन्त्री हुँदा ४, ५ पल्ट त भौतिक निर्माण, सडक मन्त्री भएपनि आफ्ना क्षेत्रको विकासको लागि केही गर्नु भएन । अब पनि तपाईहरुले त्यही व्यक्तिलाई पुनः जिताएर पठाउने हो भने यो क्षेत्र अझै २० वर्ष पछि पर्छ । त्यसकारण आफ्ना छोराछोरीको भविष्यको लागि, यहाँको विकासको लागि एकपल्ट मलाई जिताउनुस ।’ चौधरीले भनिन् ।

आफु सत्तामा नगएपनि व्यक्तिगत रुपमा जनताका धेरै काम गरेको बताउँदै कोरोना महामारी, बाढी, डुवान लगायतका बेला पनि यहाँका जनताहरुसँगै रहेर सक्दो काम गरेको जनाइन् । स्थानीय, प्रदेश र केन्द्र सरकारसँगको सहकार्य गरेर जनताको जिवनस्तर उकास्ने गरी काम गर्ने बताइन् । योपल्ट आफुलाई विपक्षी दलले समेत मत दिने विस्वास गर्दै निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षाका क्षेत्रमा योजनाबद्ध काम गर्ने प्रतिबद्धता गरिन् । प्रत्येक गाउँमा उद्योग, प्राविधिक शिक्षा, युवा स्वरोजगारका पक्षमा काम गर्ने बताइन् ।

चौधरीले २०७४ सालको निर्वाचनमा प्राविधिक शिक्षाका लागि कलेज सञ्चालन गर्ने उद्घोष गरेकोमा त्यो पुरा गरेको जनाउँदै आम जनताका छोराछोरीलाई सर्वसुलभ शुल्कमा प्राविधिक शिक्षा सुरु गरेको बताइन् ।

नेतृ चौधरीले प्रत्यासी उम्मेदवारसँग कुनै एजेण्डा नभएको बताउँदै ललिता निवास भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा भएर चुनाब लड्न आएको बताइन् । ‘उहाँसँग जनताका लागि काम गर्ने कुनै एजेण्डा छैन, गिनिज बुकमा नाम लेख्न जिताउ भन्दै हुनुहुन्छ, उहाँले रेकर्ड राख्दा तपाईहरुको जिवनस्तर सुध्रन्छ रु, तपाईहरुलाई के फाइदा हुन्छ ?’ चौधरीले प्रश्न गरिन् ।

प्रतिपक्षी उम्मेदवारले एजेण्डा नभएर नै आफुलाई मुछेर बोलेको पनि बताइन् । राष्ट्र बैंकको नीति नियम अनुसार चलेको वित्तीय संस्थासँग आफुलाई जोडेर जनतामा भ्रम फैलाउने काम गरेको बताउँदै चौधरीले प्रत्यासी उम्मेदवार विजयकुमार गच्छदारलाई आफुसँग एजेण्डा लिएर राजनीतिक वहस गर्न आउन चुनौति दिइन् ।

यसैगरी, चौधरीले योपल्ट जनताको मतको सुरक्षा गर्न नेकपा एमालेसँगै हज्जारौं जनताहरु मोर्चावन्दीमा उत्रने चेतावनी दिइन् । यदी निष्पक्ष र स्वतन्त्र निर्वाचनमा तलमाथि भए त्यसको प्रतिकारमा आफु अग्रपङ्तीमा उत्रने जनाउँदै आफ्नो मतको सुरक्षाका लागि जनताहरु पनि सचेत हुनुपर्ने बताइन् ।

Tags: भगबती चौधरीविजयकुमार गच्छदार
ShareTweetPin
Previous Post

‘थारुहरु द्वारिकलालको गुलाम होइन’ : एमाले नेता राज कुमार चौधरी

Next Post

विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा

Next Post
विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा

विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.