रामधुनी । १ नम्बर प्रदेश प्रहरी कार्यालयले चोरी गरेर फरार भएका धरानका १ युवकलाई १३ बर्ष पछी ज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १५ का ३३ बर्षीय सुमन राई रहेका छन् । राईलाई चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०६६।०४।१९ गतेको फैसला आदेशले १८ दिन कैद र रु.५६,२५० र (छपन्न हजार दुई सय पचास) जरिवाना तोकेको थियो ।
राई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरी सुनसरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएकोछ ।

















