No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘मलाई भ्रष्टाचार गरेर कमाउनु छैन’ : चौधरी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
‘मलाई भ्रष्टाचार गरेर कमाउनु छैन’ : चौधरी
Share on FacebookShare on Twitter

इटहरी। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले आफु कहिल्लै भ्रष्टाचार नगर्ने बताएकी छिन् । सुनसरीको इटहरीमा प्राइमटाइम टेलिभिजनले आयोजना गरेको चुनाबी वहस कार्यक्रममा बोल्दै नेतृ चौधरीले आफु हरेक कुराले सक्षम र आत्मनिर्भर रहेकाले भ्रष्टाचार नगर्ने बताइन् ।

सुनसरी ३ नं क्षेत्रको विकास र समृद्धिको लागि राजनीतिमा होमिएको बताउँदै चौधरीले सुनसरी क्षेत्रका सबै प्रकारका समस्याहरु हल गरी विकासको लहर ल्याउन आफु सक्रिय हुने बताइन् । ‘मलाई भ्रष्टाचार गर्नुछैन, म आफैं सक्षम छु । पढेलेखेकी छु । राजनीति गरेर कमाउँछु भन्ने सोच मसँग छैन । खानकै लागि, कमाउनकै लागि राजनीति गरेर भ्रष्टाचार गर्दिन’ नेतृ चौधरीले भनिन् ।

बहसमा सहभागी हुँदै उनले ३० वर्षदेखि शासन सत्तामा रहेकाले कुनै पनि विकासका कामहरु नगरेको प्रसंग निकाल्दै दुहवी, गढी, बर्जु तथा इटहरीका क्षेत्रहरुको विकासमा ठोस योजनाहरु बनाएको पनि बताइन् । म भिजन बोकेको महिला हुँ, महिला सशक्तिकरण, आर्थिक पहुँच, युवा स्वरोजगार, निर्यातमुखी कृषि प्रणाली र सुनसरी जिल्लाका पर्यटकीय गन्तव्य क्षेत्रहरुको विकास गरी शिक्षित र समुन्नत क्षेत्रका रुपमा विकास गर्न सक्छु ।’ चौधरीले भनिन् ।

आफुले २० वर्षदेखि सामाजिक कामहरु गरेकोले आफ्नो क्षेत्रमा कुन स्थानमा के समस्या छ त्यो पनि अध्ययन गरेको बताइन् । ०४८ सालदेखि निरन्तर चुनाब जितेर गएपनि प्रतिपक्षी उम्मेदवारले जनताका लागि केही नगरेकोले अब परिवर्तनकै लागि पनि आफुलाई जिताउने दावी गरिन् । चौधरीले आफु राज्यमा नभएपनि आफ्नो क्षेत्रको विकासका लागि धेरै काम गरेको बताइन् । ‘म राज्यमा नभएपनि मेरो पार्टीको सरकार हुँदा होस् वा नहुँदा केन्द्र, संघीय सरकारसँग लविङ गरेर विभिन्न विकासका लागि बजेटहरु ल्याएकी छु । कोरोना संक्रमणमा स्थानीय तहहरुसँग सहकार्य गरेर डेढ करोड बढीको राहत वितरण गरेको, व्यक्तिगत रुपमा फिल्डमै गएको समेत बताइन् ।

चौधरीले इटहरीमा रहेको बसपार्क व्यवस्थापन गर्न अघिल्लो निर्वाचनमै आफुले अध्ययन गरेको र व्यवस्थित बसपार्क बनाउन डिजिटलाइजेसन गर्ने, अन्तराष्ट्रिय स्तरको बनाउन लागि पर्ने बताइन् ।

साथै, चौधरीले दुहवीको मुख्य सडक विस्तार र निर्माणमा पनि आफुले सक्दो लविङ गरेको भन्दै विकास र जनताका सवालमा आफु सदैव लागि पर्ने प्रतिबद्धता जनाइन् ।

 

विजयकुमार गच्छदार आउन सकेनन् ।
कार्यक्रममा नेपाली कांग्रेसबाट उम्मेदवार विजयकुमार गच्छदार आएनन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार जनताको जवाफ दिनुपर्छ भनेर कार्यक्रममै सहभागी भएनन् । कार्यक्रम सञ्चालक ऋषि धमलाले गच्छदार केही बेरमै आइपुग्ने उद्घोष गरेपनि उनी आएनन् । पछि सहभागीहरुले गच्छदारलाई किन नबोलाएको भन्दै प्रश्न गर्दा बारम्बार बोलाएपनि नआएको भन्ने जवाफ दिएका थिए ।

गच्छदार ललिता निवास सरकारी जग्गा प्रकरणमा निलम्बित सांसद हुन् । गच्छदार सहित १७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामासारी गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा डेढ वर्षदेखि फरार गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोली पल्टै विशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा रिहा भएका थिए ।

Tags: भगवती चौधरीविजयकुमार गच्छदार
ShareTweetPin
Previous Post

प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीको चुनाबी गीत सार्वजनिकः सुनसरीलाई विकासको राजधानी

Next Post

धाक धम्कि दिई रकम माग गर्ने पक्राउ

Next Post
धाक धम्कि दिई रकम माग गर्ने पक्राउ

धाक धम्कि दिई रकम माग गर्ने पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.