रामधुनी । टीकाको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ ।
बिहीबार बिहानैदेखि विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम भने कोजाग्रत पूर्णिमासम्म रहने गर्दछ ।
नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

















