इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिहिबार देखि शुरु भएको प्रदेश एक स्तरिय रग्वी खेलको छनौट प्रतियोगिताको पुरुष तर्फको उपाधि पनि इलामले हात पारेको छ ।
प्रदेश १ का १४ जिल्लामध्ये पाँच वटा जिल्लाबाट रग्वी खेलका खेलाडीहरु छनौट प्रतियोगितामा सहभागि भएको इलामले फाइनलमा मोरङ्गलाई पछि पार्दै उपाधि हात पारेको हो ।
महिला रग्वीको उपाधि पनि इलामले नै जितेको थियो । प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई रग्वीका शुभचिन्तक एंव पुर्व राखेप सदस्य किरण गिरीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

















