No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

डा.सुनिल शर्माले गरे मुटुरोगी चौधरीको निःशुल्क उपचार

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७९
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
डा.सुनिल शर्माले गरे मुटुरोगी चौधरीको निःशुल्क उपचार
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गरिदिएका छन् । बिपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका हुन् ।

स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन । कालिचरणका छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुवई गएका छन्, विदेश जाँदा लागेको ऋण पनि तिरिसकेका छैनन् । घर बनाउँने काममा ज्यालादारी मजदुरी गरेर बुहारीले घर धान्दै आएकी छन् । चौधरी परिवारसँग घर भएको १० धुर जग्गा बाहेक अन्य सम्पत्ति छैन । पैसा नभएका कारण उपचार कसरी गराउँने भन्ने समस्याले उनीहरुलाई पिरोलेको थियो ।

डा.शर्माले चौधरी परिवारको अवस्था थाहा पाएपछि निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् । विपन्न नागरिक औषधि उपचार कोषबाट पनि उपचारमा सहुलियत प्राप्त भयो । बाँकी सम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिएका हुन् ।

पैसा अभावमा उपचार गर्न नसकिरहेका बेला डा.शर्माले उपचारमा सहयोग गरेको भन्दै विरामी कालिचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन् । ‘पैसा नभएर उपचारमा समस्या भइरहेका बेला सुनिल सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुन लगाउँनु भयो,’ चौधरीले भनिन् । उपचारका क्रममा करिब १ हप्ताको अस्पताल बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन् । अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।

डा.शर्माले यसअघि पनि गरिब तथा बिपन्न हजारौं विरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । अरुको दुखमा साथ दिदै आएका डा.शर्माले सडकमा भेटिने वेवारिसे विरामीहरुलाई पनि नोबेल अस्पताल ल्याई उपचार गराउँने गरेका छन् । उनले कतिपय विपन्न विरामीलाई आर्थिक सहयोग पनि गरेका छन् । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनाउँन सिफारिस पनि गरेको छ ।

ShareTweetPin
Previous Post

महिला ह्याण्डबलको छनौट, उदयपुर प्रथम

Next Post

प्रदेश एक स्तरिय खोखो प्रतियोगिता सम्पन्न, पुरुषमा झापा प्रथम, महिलामा मोरङ्गलाई उपाधि

Next Post
प्रदेश एक स्तरिय खोखो प्रतियोगिता सम्पन्न, पुरुषमा झापा प्रथम, महिलामा मोरङ्गलाई उपाधि

प्रदेश एक स्तरिय खोखो प्रतियोगिता सम्पन्न, पुरुषमा झापा प्रथम, महिलामा मोरङ्गलाई उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.