बक्लौरी । रामधुनी नगरपालिका वडा नं १ ले बुधबार बाल दिवसको अवसरमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा वडा नं १ मा रहेका ५ बिधालयका बिधार्थीहरुले सहभागिता जनाएका थिए । जसमध्ये माउन्ट समिट प्रथम , रामधुनी स्कुल द्वितीय र ब्रिलियन्ट स्कुल तृतीय भएका थिए ।
बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग हुने यस्ता कार्यक्रम समय–समयम गरिरहने वडा अध्यक्ष महेश चौधरीले बताए । वडाले हाजिरिजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका बिधार्थीहरूलाई प्रमाणपत्र वितरण, नृत्य प्रस्तुत तथा बालमैत्री सभाकक्ष उद्घाटन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिका नगरप्रमुख संकरलाल चौधरीले बाल विकासमा रामधुनी नगरले विभिन्न कार्यक्रम गर्ने बताए । आगामी दिनहरुमा यस्तै कार्यक्रम भइरहे बाल विकासमा टेवा पुग्ने संजालकी अध्यक्ष प्रिति चौधरीले बताइन् ।

