ओखलढुंगा । ओखलढुङ्गामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।
पछिल्ला तीन आर्थिक वर्षमा मात्रै जिल्लामा १ सय ७२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५८ जना, २०७७/७८ मा ६१ जना र २०७८/७९ मा ५३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा रहेको छ ।
यस्तै, चालु आर्थिक वर्षको डेढ महिनामा ५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्यधिक रहेको प्रहरीले जनाएको छ ।

