No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्व. अमरबहादुर कार्कीले संकलन गरेको वंशावली पुस्तक सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २६, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
स्व. अमरबहादुर कार्कीले संकलन गरेको वंशावली पुस्तक सार्वजनिक
Share on FacebookShare on Twitter

धरान । भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उनले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उनका परिवारले प्रकाशन गरेका छन् ।

२०७८ साल असोज ३ गते निधन भएका स्व. अमरबहादुरको सम्झनामा उनको परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्र्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक प्रकाशन गरिएको होा । उक्त पुस्तक गत शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।

उक्त पुस्तक सुतार कार्र्की अभिभावक वयावृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक–१ का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उनकी धर्मपन्तीहरु बसन्तदेवि कार्की, रामकुमारी कार्कीलगायत उनका परिवारले सयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

२७० पृष्ठको पुस्तकमा स्व. अमरबहादुर कार्कीले ७ बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोवास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरिएको छ । पुस्तकका स्व. अमरबहादुरको जीवनी, उनका विषयमा विशिष्ठ व्यक्तिहरुले लेखेका लेखहरु समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताए । पुस्तकमा सुतार कार्र्की कुलपूजा विधि, गोठधुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परमपरा र जातिका विषयबस्तुहरु समेटिएका छन् ।

बार्षिक तिथिमा पुरान लगाउने र फजुल खर्च नगरेर त्यो खर्च गर्ने पैसाले गरिव असहायहरुलाई सहयोग गर्ने योजना बनाएर स्व. पिताको नाममा संस्था खोली सामाजिक काम गर्ने उनले बताए । पुस्तकका संरक्षक विश्वराम कार्र्कीले स्व. पिताको नाममा ट्रष्ट स्थापना गरेर उनले पढेको विद्यालय र पढाएको विद्यालय तथा असाहाय व्यक्तिहरुलाई सहयोग गर्ने बताए । पुस्तक प्रककाशन पहिलो प्रयास र ऐतिहासिक काम भएको बताउँदैं यस वंशावलीलाई थप पस्किृति र पूूर्ण बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा स्व. अमरबहादुरका भाई तिर्थराज कार्की, सँगै एउटै विद्यालय अध्ययन गर्नु भएका पुन्यप्रसाद पराजुली, पशुपति कार्कीले स्व. अमरबहादुर कार्कीको देन, भोजपुरको आमचोक क्षेत्रमा उनले गरेको योगदान र गतिविधीबारे चर्चा गदैं उनको जीवनी स्मरण गराउएका थिए । हालको पञ्चकन्या माध्यमिक विद्यालयका तत्कालिन शिक्षक, गाउँ पञ्चायत प्रमुख जिल्ला सदस्य भई सक्रिय सामाजिक अभियान्ता कार्कीको २०७८ असोज ३ गते मृत्यु भएको थियो । उनले लामो समय लगाएर सुतारहरुको वशावली संकलन गरेका । वंशावलीसँगै उनका विषयमा स्मृति लेखहरु पुस्तकमा समेटिएका छन् ।

 

स्व. अमरबहादुर कार्कीको चिनारी
राणा शासनबाट जनता अघाउँदै आएको अवस्थामा करीब करीब दास युगको अन्त्यतिरको समय थियो । त्यस बेला कट्टपन्थी राणा पद्मशम्सेर मुलुकका प्रधानमन्त्री थिए । यही समयमा पूर्वको विकट जिल्ला भोजपुरको आमचोक वासिङ थर्पू–१ सिमन्तुवामा अमरबहादुर कार्कीको जन्म भएको थियो ।

पिता गुमासिंह (केशरजंग) कार्की र माता स्व. रत्नमाया कार्कीको कोखबाट विस २००४ साल चैत ४ गते उनको जन्म भएको थियो । त्यसबेला शिक्षा अत्यन्त दुर्लभ रहेको बेला उनले कक्षा पाँचसम्म स्थानीय भवानी प्रावि(हाल पञ्चकन्या मावि) वासिङ थर्पूमा अध्ययन गरे । कक्षा ६ देखि ९ सम्म भोजपुरको विद्योदय माविमा कक्षा ९ सम्म अध्ययन गरे । त्यहाँ भन्दा उनको शिक्षा अगाडि बढ्न सकेन । विभिन्न व्यावहारिक र घरायसी कामले उनले अध्ययनलाई अगाडि लैजान सकेनन् । उनी अत्यन्त धार्मिक व्यक्ति थिए । पण्डित डिल्लीराम पराजुली, प्राध्यापक कुलप्रसाद पराजुली, डम्बरुबल्भव कोइराला, पण्डित छविलाल पोखरेललगायतको संगतले सँस्कृत शिक्षा पनि हासिल गरेको थिए । उनले औपचारिक सँस्कृत शिक्षा नलिए पनि बनारस, अयोध्यालगायत भारतका धामहरुमा बसेर सँस्कृति शिक्षा आर्जन गरेका थिए ।

उनको स्वभाव
प्राथमिक शिक्षा हासिल गर्दासम्मको छात्र जीवनमा उनी एक शान्त, लजालु, एकान्तप्रिय, कम बोल्ने स्वभावको भएको उनका कक्षा साथी पुण्यप्रसाद पराजुली बतउँछन् । औसत रूपमा आप्mनो गाउँ पञ्चायतका साधारण स्थानीय जनजीवनको प्रतिनिधित्व गर्नेको लवज त्यति आकर्षक नहुँदा अरु विद्यार्थीको जस्तै उनको पनि रहेको पराजुली बताउँछन् । विद्यालयमा पछाडिको कुनामा बस्न रुचाउने उनी शिक्षकले सोधेका प्रश्नको उत्तर भने सटीक दिने गर्थे । अलिकति टेढो बसेर घुँडामा कापी राखी ढिलो लेख्ने बानी भए पनि कसिला कलात्मक अक्षर लेख्ने भएकाले उनको राइटिङ अब्बल हुन्थे । पातलो र औसत रूपमा सर्वसाधारण विद्यार्थी भन्दा केही अग्लो र गोरो भौतिक शरीरका धनी, प्रायः निधारमा टपक्क टीको लगाएर सफा पोशाकमा हिंड्ने गर्थे ।

उनी विकट पहाडी जिल्लाको एउटा गाउँमा बसे पनि तराई निरन्तर झरी रहन्थे । शहरमा आउने नयाँ सामान र खानेकुराको नयाँ स्वाद उनी परिवारलाई चखाउँथे । घरमा जस्तापाताको छाना लगाउने सम्भवतः उनी नै गाउँको पहिलो व्यक्ति थिए । तराईबाट सिमेन्ट बोकाएर लगी घरमा प्रयोग गर्नु भएको थियो । त्यस बेला उनले आधुनिक किसिमका घर बनाएका थिए । घरमा कपडामा लगाउने आइरन उनले मात्र राखेका थिए त्यसबेला । गाउँभरिका जनतालाई आइरन प्रयोग गर्न दिने गरिएको थियो । कपाल काट्ने कैंची गाउँमा बिरलै पाइन्थ्यो । आधुनिक किसिमको कैंची उनले तराईबाट ल्याएका थिए । त्यो कैंची गाउँभरिकालाई कपाल काट्न प्रयोग गरिन्थ्यो ।

जागिरे जीवन
बाइस वर्षको अल्लारे उमेरमा उनले गाउँ पञ्चायतको सचिवको रुपमा सेवा गरे । उनले झापाको चन्द्रगढीमा तीन महिने तालीम समेत लिएका थिए । उक्त तालीमबाट श्रेस्ता नियम कानुन, जनताका सेवा, कामको तौरतरिकाबारे जानकारी लिएर उनले स्थानीयको सेवा गरेका थिए । विस २०२६ सालदेखि २०२८ सालसम्म सचिव भएर काम गरे । उनी भोजपुरका ६५ गाप मध्ये दोश्रो नं मा उनको कामको चर्चा हुने गरेको थियो । उनी विस ।२०३१ साल मङ्सिर २७ गतेबाट केही समय श्री पञ्चकन्या निमाविको सहायक शिक्षक पनि भए । २०५४ सालमा जिल्ला शिक्षा कार्यालय भोजपुरबाट पञ्चकन्या निमाविको विद्यालयल व्यवस्थापन समितिको सदस्यमा मनोनित भएका थिए ।

जनप्रतिनिधिको रुपमा अमरबहादुर
उनको सचिव हुँदाको कामले २०२९ सालको निर्वाचनमा गापको प्रधानपञ्चको उम्मेदवार भई प्रतिद्वन्द्वी सिंहराज राईलाई भारी मतले पराजय गरी गाउँ सरकारको भूमिकामा आए । पाँच वर्ष प्रधानपञ्च भएर उनले सेवा गरे । २०२९ मङ्सिर २८ देखि २०३५ माघसम्म वासिङ थर्पू गाउँ पञ्चायतको प्रधानपञ्च हँुदा विकास निर्माणका काम गरे । उनको पालामा वासिङ थर्पूको पञ्चकन्या प्रावि बनेको थियो । त्यहींदेखि मुनि गाप भवन निर्माण भएको थियो । त्यसपछि उनी जिल्ला पञ्चायतको सदस्यमा निर्वाचित भए ।

विस २०१८ सालदेखि २०४३ सालसम्मको अढाइ दशकको अवधिमा यस गाउँ पञ्चायतमा ८ जना प्रधानपञ्च र ९ जना उपप्रधानपञ्च भए । स्व बखतसिं थापा, स्व लालबहादुर कार्की, श्री डिल्लीप्रसाद पराजुली र पुनः स्व.लालबहादुर कार्की पछि २०२९/९/१ देखि अमरबहादुर कार्की वासिङथर्पू गाउँ पञ्चायतको पाँचौं प्रधानपञ्च भएका थिए । यस अवधिका ८ जना सचिवमध्ये स्व. कुलबहादुर विष्टपछि दोस्रो अवधिका लागि सचिव पदको कार्यभार पनि अमरबहादुर कार्कीले नै वहन गरेको इतिहास पाइन्छ । क्रमशः उपप्रधानपञ्च र त्यसपछि प्रधानपञ्च, जिल्ला सभाषद् अनि क्षेत्रीय सदस्यसमेत भएर काम गरे । क्षेत्रीय सदस्यको जिम्मेवारी सम्हालेको अवसरमा ती सातवटै पञ्चायतका साथै छिमेकी जिल्ला खोटाङका केही गाउँ पञ्चायतहरू समेतका जटिलभन्दा पनि जटिल परिस्थितिकोे सहजतापूर्वक समाधान निकाल्न सक्षम भएको कारण क्षेत्रीय नेताको रूपमा उनी उदीयमान भएका थिए । जिल्लाका हरेक राजनीतिक, सामाजिक र सरकारी कार्यालयहरू यिनको नाम र क्षमतासित परिचित भए ।

धार्मिक व्यक्तित्व
परम्परादेखि नै वैदिक सनातन हिन्दू धार्मिक सामाजिक परम्परा अङ्गीकार गरेको परिवारका एक सदस्य स्व। अमरबहादुर कार्कीमा पनि सो धार्मिक सामाजिक चेत र व्यवहार रहेको थियो । उनी बिहान–बेलुका नित्य पूजा—आराधना गर्ने गर्थे । पूजा आराधनाको मन्त्र उनलाई सबै कण्ठ हुन्थ्ये । विशेष स्नान—दान, विभिन्न पुराणको आयोजना, श्राद्ध, रुद्री, अतिरुद्री, विभिन्न देवीदेवताको उपासना, पूजा, कुलपूजा आदि धार्मिक आराधना र साँस्कृतिक एवं सामाजिक कार्यहरू उनी गरिरहन्थे । जिल्लाका विभिन्न निकायबाट आएका विशेष अतिथिको सेवा— सत्कार र साथीभाइ तथा कार्यकर्ता भेला, भेटघाट, चियापान, खानपिन, ब्राह्मणहरूको सेवा—सत्कारसहित भोजन गराउनेजस्ता कार्यले उनिभित्रको सेवाभाव पनि प्रष्टिन्छ ।
विस २०४६ साउन १९ गतेदेखि सोही महिनाको ३० गतेसम्म आफ्नै निवास सिमन्तुवामा अतिरुद्री महायज्ञ सम्पन्न गरेका थिए । अतिरुद्री महायज्ञमा रुद्री, चण्डी, शिव मन्त्र, शिव गायत्री ब्रह्मा गायत्री, विष्णु मन्त्र र गायत्री गीता आदिको पाठ गरी सम्पूर्ण सुतार कार्र्कीका पितृ र कुलको उद्वार गर्ने काम भएको थियो । महायज्ञमा सम्पूर्ण सुतार कार्की, वासिङ थर्पूवासी, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर लगायतबाट विभिन्न व्यक्तित्वहरु सहभागी हुन्थे । महायज्ञमा पण्डित १५ जना र पुरोहित ३२ जना साथै भान्सेहरु ४ जना सहभागी हुन्थे ।

उनको सम्झनामा यज्ञ स्थलमा पञ्चेश्वर शिव मन्दिर
अमरबहादुर कार्र्कीको इच्छाअनुसार होम गरेको भागलाई शिव मन्दिरमा रुपान्तरण गरिएको छ । उनका जेठा छोरा शङ्कर कार्कीको सक्रियतामा उनि जीवितै हुँदा २०७५ साल भदौ १३ गते हरितालिका तीजका दिन मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । उनको निजी जग्गामा मन्दिर स्थापना गरिएको छ । मन्दिरमा बेलाबखत दर्शनार्थीको भीड हुँदै आएको छ । उनका धर्मपत्नीहरु वसन्तदेवी कार्की र रामकुमारी कार्कीले मन्दिर उद्घाटन गरेका थिए ।

ShareTweetPin
Previous Post

महिला संजाल धरानको अध्यक्षमा सपना राई

Next Post

धरानमा कोभिड संक्रमणबाट एक जनाको मृत्यु

Next Post
नेपालमा कोरोना सङ्क्रमितको संख्या घट्दो, ज्यान गुमाउनेको सङ्ख्या बढ्दाे

धरानमा कोभिड संक्रमणबाट एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.