No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सोह्र बुँदे घोषणा पत्र जारी गर्दै सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०७९
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
सोह्र बुँदे घोषणा पत्र जारी गर्दै सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न
Share on FacebookShare on Twitter

धनकुटा । पहिलो पाँच बर्षे कार्यकालमा संघीयता बलियो बनाउन शसक्त्त भुमिका खेल्न सफल भएको भन्दै सातवटै प्रदेशका सभामुखहरुको भेलाले सोह्र बुँदे घोषणा पत्र जारी गरेको छ ।

२१ र २२ भदौमा धनकुटाको हिलेमा आयोजना भएको सातवटै प्रदेश सभाका सभामुख , उपसभामुख र सचिवहरुको भेलाले अन्तिम तथा पाँच बर्षे कार्यकालको समिक्षा गर्दै संघीयता बलियो बनाउन १६ बुँदे घोषणा पत्र जारी गरेको हो ।
प्रदेश नं १ प्रदेश सभाले संघीयता प्रबृद्धनमा प्रदेश सभाहरुको भुमिकाबारे समिक्षा गर्न सातवटै प्रदेश सभाका सभामुखहरुलाई सहभागी गराएर धनकुटाको हिलेमा दुई दिन पाँचौ तथा अन्तिम भेला आयोजना गरेको थियो ।
उक्त्त संयुक्त्त भेलाले जारी गरेको घोषणा पत्रमा प्रदेश सरकारको आयस्रोत बढाउनुपर्ने , तुरुन्तै प्रदेश निजामती ऐन र प्रदेश प्रहरी ऐन कार्यान्वनयमा ल्याउनुपर्नेमा बिशेष जोड दिएको छ ।

यसैगरि जग्गा प्राप्ती र प्रदेश सभा भवन र राजधानीको संरचना निर्माण गर्न प्राथमिकता दिनुपर्ने , प्रदेश सभालाई कसेैको अधिनमा राख्न नहुने र संबिधान अनुसार प्रशासनिक अधिकारको बाँडफाँड चाँडै सुनिश्चित गर्नुपर्नेमा जोड माग गरेको छ ।
घोषणा पत्रमा उल्लेख भएअनुसार प्रदेश सभाको बिषयगत समितिहरुको सुझाव र निर्दैशन पालना गर्ने सँस्कृतिको विकास गर्नुपर्ने , निर्वाचनलाई मितव्यपी र पारदर्शी बनाउनुपर्ने , प्रदेशमा बढदो प्रशासनिक खर्च र अनावश्यक संरचना निर्माणमा रोक लगाउनुपर्ने , स्थानिय तह र प्रदेशको विवाद प्रदेश सभाबाट समाधान गर्ने कानुन निर्माण गरिनुपर्नेमा पनि भेलाले जोड दिएको छ ।संघीयता बलियो बनाउन तीनै तह सरकारको समन्वय समिति हुनुपर्ने , संघीय संसदमा सबै प्रदेश सभाका सभामुख उपसभामुखहरुको सम्पर्क कार्यालय हुनुपर्ने जनप्रतिनिधि र कर्मचारी विच नियमित अन्र्तक्रिया हुनुपर्ने र संघीयताको विकल्प नभएकोले नकारात्क बहसलाई निरुत्साहित गर्न सबै लागिपर्नुपर्नेमा पनि जारी घोषणा पत्रमा जोड दिइएको छ । साथै पहिलो पाँच बर्षे कार्यकालमा संघीयता प्रबृद्धनमा प्रदेश सभाले खेलेको भूमिकाबारे कार्यदल मार्फत अध्यन अनुसन्धान गरेर प्रतिबेदन तयार गर्न पनि घोषणा पत्रमा माग गरिएको छ ।

प्रदेश नं १ प्रदेश सभाले आयोजना गरेको उक्त्त संघीयता कार्यन्वयनमा प्रदेश सभाको भूमिका विषयक गोष्ठिमा दुई दिन सातवटै प्रदेशका सभामुख , उपसभामुख र सचिवहरुले गहन समिक्षा गरेका थिए । भेलामा बरिष्ठ संबिधान विज्ञ काशीराज दाहालले संघीयता प्रबृद्धनमा प्रदेश सभाले खेलेको भुमिका र आइपरेका समस्या र चुनौतीहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । भेलालाई दोस्रो दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सनाले सम्बोधन गरेका थिए ।

 

ShareTweetPin
Previous Post

आइफोन १४ सार्वजनिक, (मूल्य सहित)

Next Post

सुनका बिभिन्न किसिमका गरगहना सहित २ जना पक्राउ

Next Post
सुनका बिभिन्न किसिमका गरगहना सहित २ जना पक्राउ

सुनका बिभिन्न किसिमका गरगहना सहित २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.