काठमाण्डौ । शेयर बजार सामान्य घटेको छ । बुधवार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से बिहीवार १ दशमलव शून्य आठ अङ्कले घटेर १ हजार ९ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ ।
बिहिबार बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य ओरालो लागेको छ । अरू समूहको शेयर सामान्य बढेको छ । यस्तै २ सय २५ वटा कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
बिहिबार राप्ति हाइड्रो र गणपति लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार ओरालो लागे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले उकालो लागेको छ।

















