विराटनगर । कुसेसर कामतको अध्यक्षतामा बिराट युवा संजाल विराटनगर ६ नम्बर वडा समिति गठन भएको छ । सनिवार जनचेतना आधारभुत बिद्यालयमा भएको कार्यक्रममा समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा पुस्पा मण्डल, पल्का पास्वान, सचिव प्रताप पास्वन, सह-सचिव रोकिइया शेख, रिकेश कुमार मण्डल र कोषाधयक्ष रमेश शर्मा चयन भएका छन ।
कार्य समिति सदस्यीय हरुमा सुरज कामत,अनिल पास्वन, मनिष कामत, सुरज पास्वन, रोहित सहनी, धिरज कु कापर, माधवि शर्मा, पिर्यका शर्मा, मनोज महतो लगायत रहेका समाजका नगर अध्यक्ष विकेश कुमार मुखियाले जानकारी दिए ।
विराटनगरमा सामाजिक कार्यका साथै किशोर किशोरी युवा तथा महिलाका सवालमा सक्रिय रहेर काम गर्दै आएको छ । सस्थापक अध्यक्ष समेत रहेका मुखियाले विराटनगरका सवै वडामा समिति गठन गरिने जानकारी दिए ।

















