बक्लौरी । सुनसरीको रामधुनी नगरपालिका वार्ड नं. ७ मा आयोजित प्रथम कुमरखत खुल्ला पुरुष नकआउट प्रतियोगिताको उपाधि रामधुनी ७ को दियालो क्लबले उचालेको छ ।
शनिबार भएको फाइनल खेलमा धरान १९ लाई हराउँदै स्थानिय दियालो क्लबले उपाधी हात पारेको हो ।
स्थानिय खेल मैदामा भएको फाइनल खेलको पहिलो हाप सम्म दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोश्रो हापमा स्थानिय दियालो क्लबका खेलाडी अजित चौरधीले १ गोल गरेर खाता खोलेका थिए । निकै प्रतिस्पर्धात्म खेलमा दियालोकै अर्का खेलाडी संदिप लिमबुले अर्को १ गोल गर्दै टिमलाई बलियो बनाए ।
यता खेलको अन्तिम चरण्मा धरान १९ का खेलाडी विल्सन लिम्बुले १ गोल मात्र गर्न सफल भए । खेलको विजेता दियालो क्लबले नगद २० हजार प्राप्त गरेको छ । भने दोश्रो भएको धरान १९ ले नगद १२ हजार प्राप्त गरेको छ ।
खेलमा पहिलो गोल गरेर टिमलाई हौषला प्रदान गरेका भन्दै स्थानिय समाजशेवी विष्णु लिम्बुले दियालो क्लबका खेलाडी अजित चौधरीलाई नगद १ हजार प्रदान गरे ।

















