रामधुनी । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाइ लाइनका प्रोडक्टहरूमा परिमार्जन गरेको छ ।
कम्पनीले २ सय एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता प्रतिमहिना ९ सय ९९ रुपैयाँमा पाइने जनाएको छ । १ सय ७५ं भायाटीभी सहितको बन्डल समेत १ हजार १ सय प्रतिमहिनाको वार्षिक सदस्यतामा पाइने कम्पनीले जनाएको छ ।
यी दुवै योजनाहरूमा ५ सय रुपैयाँ थपी डुअल ब्यान्ड राउटर, निःशुल्क जडान र प्रथम सेटअप बक्स प्राप्त गर्न सकिने जनाइएको छ ।
यस्तै, कम्पनीले दुईवटा भायाटीभीसहित २ सय ५० एमबीपीएस र तीन भायाटीभी सहित ३ सय एमबीपीएस वार्षिक सदस्यता क्रमशः १ हजार २ सय ५० रुपैयाँ प्रतिमहिना र एक हजार ५ सय रुपैयाँ प्रतिमहिनाको आकर्षक मूल्यमा पनि पाइने भायानेट कम्युनिकेसन प्रालिले जनाएको छ ।
अफरहरू हेर्नका लागिः यहाँ क्लिक गनूहोस् ।

















