बक्लौरी। सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेकपा एमालेका शंकरलाल चौधरी विजयी भएका छन् । उपमेयरमा एमालेकी तारा थापा विजयी भएकी छिन् ।
बिहीबार दिउँसो अन्तिम मत परिणाम सार्वजनिक गर्दै निर्वाचन अधिकृतको कार्यालय रामधुनीले मेयर तथा उपमेयरमा चौधरी र थापा विजयी भएको घोषणा गरेको हो ।
चौधरीले नगरमा कुल १३३७२ मत प्राप्त गरेका छन् भने उपमेयरमा थापाले १२२२० मत प्राप्त गरेकी छन् । मेयरका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका सुदीप अधिकारीले ११४०५ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरकी उमेदवार नेपाली कांग्रेसकी आशा चौधरीले १०४९३ मत प्राप्त गरेकी छन् ।
रामधुनी १ काे मत परिणाम (नेपाली कांग्रेसकाे प्यानल)
रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार महेश चौधरी सहित प्यानलनै विजयी भएको छ ।
चौधरीले १ हजार २ सय ४ मत ल्याएर विजय हासिल गरेका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार चौधरीले १ हजार ३३ मत ल्याएका छन् ।
यसैगरी महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३ सय १५ मत ल्याउँदा नेकपा एमालेले १ हजार ११३, दलित महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३७४ मत ल्याउँदा एमालेले १ हजार १४५ र खुल्ला सदस्यमा नेपाली कांग्रेसले १ हजार २३५ , १ हजार ३२५ मत ल्याउँदा एमालेले १ हजार २०९ र १ हजार १९३ मत पाएको छ ।
रामधुनी २ काे मत परिणाम (नेकपा एमालेकाे प्यानल)
रामधुनी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राम नारायण चौधरी सहित प्यानलै विजयी भएको छ । रामनारायणले १ हजार ६१९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार शाहले १ हजार १९ मत ल्याए ।
त्यस्तै नेकपा माओवादीका वडा अध्यक्ष उम्मेद्वारले १३७ मत पाएका छन् भने नेकपा एसका वडा अध्यक्ष उम्मेदवारले ४ र राप्रपाका उम्मेदवारले ११ मत पाएका छन् ।
यता महिला सदस्यमा विजयी नेकपा एमालेकी उम्मेदवारले १ हजार ७३९ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले ७५४ मत , दलित महिला सदस्यमा एमालेकी उम्मेदवारले १ हजार ७ सय ३३ मत पाउँदा नोपली कांग्रेसका उम्मेदवारले ७२३ र नेकपा माओवादी केन्द्रकी उम्मेदवारले १३० मत प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला सदस्यमा पनि एमालेले भारी मतान्तरले जीतेको छ । दुवै खुल्ला सदस्यमा एमालेका उम्मेदवारले १ हजार ६ सय १० र १ हजार ५ सय ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ सय ५५ र ९ सय २५ मत ल्याएका छन् ।
रामधुनी ३ काे मत परिणाम-नेकपा एमालेकाे प्यानल (नेकपा एमाले र नेपाली कांग्रेसकाे मत अन्तर)
बुध नारायण चाैधरी नेकपा एमाले वडाअध्यक्ष १५७७ मत विजय ५२६ मत अन्तर
भगवती खड्का नेकपा एमाले महिला सदस्य १५१४ मत विजय ३६८ मतले अन्तर
शाेभा सदा नेकपा एमाले दलित सदस्य १५१८ मत विजय ३०३ मत अन्तर
अनिल पराजुली नेकपा एमाले खुल्ला पहिलाे सदस्य १४५२ मत विजय ३२५ मत अन्तर
राजु चाैधरी नेकपा एमाले खुल्ला दाेस्राे सदस्य १३२९ मत विजय २०६ मत अन्तर
रामधुनी ४ काे मत परिणाम-नेकपा एमालेकाे प्यानल (नेकपा एमाले र नेपाली कांग्रेसकाे मत अन्तर)
कमल कार्की नेकपा एमाले वडाअध्यक्ष १६१० विजय २२४ मत अन्तर
आमाेदेवी चाैधरी नेकपा एमाले महिला सदस्य १५७५ विजय १२३ मत अन्तर
गाैरी बि.क नेकपा एमाले दलित सदस्य १६०१ विजय २०४ मत अन्तर
खगेन्द्र पाैडेल नेकपा एमाले खुल्ला पहिलाे सदस्य १६१४ विजय २२२ मत अन्तर
रतनलाल चाैधरी नेकपा एमाले खुल्ला दाेस्राे सदस्य १५२६ विजय १७८ मत अन्तर
रामधुनी ५ काे मत परिणाम- (नेपाली कांग्रेस र नेकपा एमाले)
भाेला बास्ताेला नेपाली कांग्रेस वडाअध्यक्ष १९१३ विजय ८२४ मत अन्तर
सीता ढुंगेल फुयाल नेपाली कांग्रेसमहिला सदस्य 1688 विजय ५३४ मत अन्तर
मनाेदेवी सरदार नेपाली कांग्रेस दलित सदस्य १५८२ विजय ४०३ मत अन्तर
अजित श्रेष्ठ नेपाली कांग्रेस खुल्ला पहिलाे सदस्य १४०० विजय १८२ मत अन्तर
साैजन तामाङ नेकपा एमाले खुल्ला दाेस्राे सदस्य १४०१ विजय १२३ मत अन्तर
रामधुनी ६ काे मत परिणाम- (नेपाली कांग्रेस र नेकपा एमाले)
शिवसंकर राजधामी नेपाली कांग्रेस वडाअध्यक्ष १४९१ विजय १८ मत अन्तर
पवित्रा कुमारी चाैधरी नेकपा एमाले महिला सदस्य १४७७ विजय ३४ मत अन्तर
करिशमा ऋषिदेव नेपाली कांग्रेस दलित सदस्य १४६१ विजय ६ मत अन्तर
अशाेक कुमार चाैधरी नेपाली कांग्रेस खुल्ला पहिलाे सदस्य १४२७ विजय ७० मत अन्तर
रंजित कुमार चाैधरी नेकपा एमाले खुल्ला दाेस्राे सदस्य १४१४ विजय ९२ मत अन्तर
रामधुनी ७ काे मत परिणाम-नेकपा एमालेकाे प्यानल (नेकपा एमाले र नेपाली कांग्रेसकाे मत अन्तर)
केशव गाैतम नेकपा एमाले वडाअध्यक्ष १८८५ विजय ४६५ मत अन्तर
सन्चरी कुमारी चाैधरी नेकपा एमाले महिला सदस्य १८२४ विजय ३९१ मत अन्तर
तेतरी देवी खत्वे नेकपा एमाले दलित सदस्य १८३७ विजय ४१० मत अन्तर
वासुदेव माझी नेकपा एमाले खुल्ला पहिलाे सदस्य १७४९ विजय ३४२ मत अन्तर
श्रवण कुमार चाैधरी नेकपा एमाले खुल्ला दाेस्राे सदस्य १७२१ विजय ३८३ मत अन्तर
रामधुनी ८ काे मत परिणाम-नेकपा एमालेकाे प्यानल (नेकपा एमाले र नेपाली कांग्रेसकाे मत अन्तर)
सुरेन्द्र सिंह खवास नेकपा एमाले वडाअध्यक्ष १२०० विजय ३४४ मत अन्तर
पार्वती चाैधरी नेकपा एमाले महिला सदस्य ११३४ विजय २४० मत अन्तर
सरिता पिरयार नेकपा एमाले दलित सदस्य ११६१ विजय ३२७ मत अन्तर
चन्द्रमान उराव नेकपा एमाले खुल्ला पहिलाे सदस्य १०६१ विजय २३३ मत अन्तर
दान बहादुर खुलाल नेकपा एमाले खुल्ला दाेस्राे सदस्य १०३७ विजय २२९ मत अन्तर
रामधुनी ९ काे मत परिणाम-नेकपा एस प्यानल (नेकपा एमाले र एसकाे मत अन्तर)
रामधुनी नगरपालिका वडा नम्बर ९ मा नेकपा एसका घनश्याम चौधरी वडाध्यक्षमा विजयी भएका छन् । नगरको अन्तिम मत परिणाम अनुसार रामधुनी ९ मा नेकपा एसको प्यानलै विजयी भएको हो ।
वडाध्यक्षका लागि चौधरीले १६७२ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका राजेश चौधरीले १०८३ मत प्राप्त गरे । त्यस्तै महिला वडा सदस्यले १५००, दलित महिला सदस्यले १४७६, पहिलो खुला सदस्यले १४६० र दोस्रो खुला सदस्यले १३१५ मत प्राप्त गरेका छन् ।