बक्लौरी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ मा मेयरमा एमालेले अग्रता लिएको छ । राती ९ बजेसम्म भएको ६०० मत गणनामा मेयरमा नेकपा एमालेले अग्रता लिएको हो ।
मेयर पदका लागि वडा नम्बर १ बाट मेयर पदका लागि शंकरलाल चौधरीले २८४ मत ल्याएका छन् । कांग्रेसका सुदीप अधिकारीले २३३ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी उपमेयर आशा चौधरीले २४० र नेकपा एमालेकी तारा थापाले २३० मत प्राप्त गरेका छन्।
वडाध्यक्षमा भने कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसले २२९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २१२ मत प्राप्त गरेको छ ।

















