म्याङलुङ्ग । तेह्रथुम जिल्लाको म्याङलुङ्ग नगरपालिका वार्ड नं. ४ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा विनोद आचार्य विजयी भएका छन् ।
उनले ५४३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्व वडाअध्यक्ष राम बहादुर खड्काले ३४० मत प्राप्त गरे । सदस्यहरूमा विष्णु प्रसाद भट्टराई, कृष्ण प्रसाद दाहाल, महिला सदस्यमा रञ्जना श्रेष्ठ, दलित महिला सदस्यमा कोपिला लोहार विजयी भएका छन् ।
११ सय ४० मतदाता रहेकोमा ९ सय ९ मत खसेको थियो । जसमध्ये २६ मत बदर भएको थियो ।