No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जनताको सासक होइन सेवक भएर पाँच बर्ष काम गर्ने इच्छा छ: सुमन श्रेष्ठ

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
जनताको सासक होइन सेवक भएर पाँच बर्ष काम गर्ने इच्छा छ: सुमन श्रेष्ठ
Share on FacebookShare on Twitter

धरान । शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्य एक हो । २० वटा रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ ।

मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृष्ठभूमीबाट राजनीतिमा उदाएका युवा नेता सुमनकुमार श्रेष्ठलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । भोजपुरको टक्सारमा २०३८ सालमा जन्मेका श्रेष्ठ धरान उपमहानगरमा एमालेले उठाएका वडाध्यक्ष मध्य सबै भन्दा कान्छा उम्मेद्वार हुन् । संयोगवस उनको टिममा ३५ देखि ४२ हराहारीका युवाहरुलाई उम्मेद्वार बनाएको छ । सृर्जना राई, विकी विश्वकर्मा, कृष्ण उदास र कृष्ण साहलाई सदस्यहरुमा एमालेले पठाएको छ । उनिहरु सबै युवा हुन् । मुलुकको नेतृत्व युवामा हुनु पर्छ भन्ने आवाज उठिरहेका बेला धरान १ नं. वडाले भने सबै युवा नेतृत्व पाएको छ ।

राष्ट्रपति लगायत ठूला ओहोदामा पुग्ने व्यक्ति उत्पादन गर्ने जिल्ला भोजपुरबाट श्रेष्ठ २०५४ सालमा स्नातक तहको अध्ययनका लागि धरान झरेको थिए । महेन्द्र क्याम्पस अध्ययन गदैं गर्दा श्रेष्ठ विद्यार्थी राजनीतिमा लागे । २०५२ सालमै संगठित सदस्य लिएका श्रेष्ठ राजनीतिसँगै व्यवसायमा पनि सक्रिय छन् । २०६५ सालदेखि उनले व्यवसाय संचालन गरेका हुन् ।

श्रेष्ठ स्काई सोप दर्ता गरेर फिटनेसको सामान बेच्दैं आएका छन् । स्काई सुज पनि नेपाल मै उत्पादन गरि विक्रि गर्दै आएका हुन् । पछिल्लो समय उनको स्काई एजुकेसन कन्सल्टेन्सी र स्काई टेलिभिजन पनि चलाउदैं आएका छन् । ‘स्काई’ नाम ब्राण्डिङ गरि उनले व्यवसायीमा ठूलो फड्को मारेका छन् । हालका वडाध्यक्ष रोशन अधिकारीको घरमा १० बर्षसम्म भाडामा बसेका श्रेष्ठले धरान–१ पृथ्वी मार्गमा घर बनाएर स्थायी बसोवास गदैं आएका छन् ।

श्रेष्ठ व्यवसायीमा सफल व्यक्तिमा पर्दछन् । धरानको खेलकुद शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उनि एउटा सेवकको रुपमा परिचित छन् । युवा, विद्यार्थी, जेष्ठ नागरिक सबैसँग उतिकै घुमिल हुन सक्ने श्रेष्ठ अवका दिनमा आफ्नो वडाको विकास गर्नु पर्छ भनेर राजनीतिमा होमिएका छन् । वडा सरकार प्रमुख भएर वडालाई समुन्नत बनाउन उनले नयाँ भिजनसमेत बनाएका छन् । व्यवसायबाट बदलिएका श्रेष्ठ अव वडा र वडाबासीहरुलाई बदल्ने चाहाना भएको बताउछन् । वडामा श्रोत साधान प्रसस्त भए पनि त्यसको परिचालन र प्रदेश तथा केन्द्र सरकारसँगको समन्वयको अभावमा परिचालन हुन सक्दा वडा पछि परेको उनको बुझाई छ । पढेलेखेका युवाहरुको नेतृत्वले मात्र वडाको मुहार फेर्न सक्ने उहाँको दावी छ ।

 

वडाध्यक्ष कस्तो हुनु पर्छ ?
स्थानीय सरकारमा वडाको नेतृत्व महत्वपूर्ण कुरा हो । सही, सवल र सक्षम नेतृत्वले नै वडाको मुहार फेर्न सक्छ । त्यसमा युवा वर्गको नेतृत्वको आवश्यकता छ । ती सबै मान्यता आफुमा भएकाले वडाको नेतृत्वमा आउन चाहेको श्रेष्ठ बताउँछन् । उनको विचारमा सकरात्मक सोच, प्रष्ट भिजन भएको, त्यो भिजन लागु गर्ने सामार्थे भएको, जनताका समस्याहरु बुझेको व्यक्ति मात्र वडाध्यक्ष बन्न लायक हुने छ । वडाको विकास र विस्तारका लागि नगर, प्रदेश र केन्द्रमा पहुँच राख्ने ल्याकत भएको हुनु पर्ने उनको बुझाई छ । आफुसँग यि र यस्ता क्षमता भएका कारण वडाको नेतृत्वमा आउन चाहेको र जनताबाट अनुमोदनका लागि उपस्थिति भएको श्रेष्ठ बताउँछन् । ‘अवको नेतृत्व बौद्धिक वर्ग, शिक्षित वर्ग, युवा वर्गको आवश्यक छ । जनताको एजेण्डा स्थापीत गर्ने र पुरा गर्ने मान्छे चाहिन्छ । त्यस्ता गुण ममा छ ।’–जनतासँग मत माग्दैं गर्दा भेटिएका युवा उम्मेद्वार श्रेष्ठ भन्छन् । चाइना, उत्तर कोरियालगायतका मुलुकमा राज्यका हरेक तहमा युवाको नेतृत्व छ र त ती देश संसारका शक्तिशाली देश भएका छन् । हरेक नीति निर्माण तहमा ती देशमा नेतृत्व युवाको छ । विकास र समृद्धि युवाबाट मात्र सम्भव भएको उनले बताए ।

कोही युवा बेरोजगार नहुन, कुनै न कुनै काममा व्यस्थ हुन्
श्रेष्ठले एक जना काम गरेर अन्य तीन परिवार त्यतिकै बसेर खाने परम्परा राम्ररी बुजेका छन् । धरानका युवाहरु केही काम नभएर कुलतमा फसेका छन् । रित्तो दिमाख भएकै कारण दुव्र्यशनीमा फसेका छन् । यस्ता युवाहरुमा जागरण ल्याउन वडाले रोजगामुखी कार्यक्रम ल्याउनु पर्छ । उनीहरुमा जागरण ल्याउन अभियान चलाउनु पर्छ । त्यो अभियान सफलताको उचाईमा पु¥याउन आफ्नो नेतृत्वको दावी रहेको उनको भनाई छ । अव वडावासीहरुले पुराना प्रवृतिका व्यक्ति होइन, अपडेट युवा पुस्ताको नेतृत्व चाहेका छन् ।

पहिलेका वडाध्यक्ष आफु बदलिए वडाबासी र वडालाई बदलेनन् ।
२००७ साल पछिको विभिन्न नेतृत्वको सरकार आउदा झण्डै १०जना वडाको नेतृत्वमा आए होला तर कोही अफडेट भिजन लिएर आउन सकेनन् । ‘वडामा आए आफु बदलिएर गए । तर वडा र वडावासीलाई बदल्ने नकुनै योजना ल्याए नकुनै भिजन दिए ।’–श्रेष्ठले भने–‘म आफु बदलिन होइन वडा र वडावासीलाई बदल्न नेतृत्वमा जान खोजेको हो । मलाई कमाउन कुनै लोभ लालचा छैन् । २१ बर्षे व्यवसायी जीवनमा ती आकाक्षा पुरा गरेको छु । अव मात्र जनताको सासक होइन सेवक भएर पाँच बर्ष काम गर्ने इच्छा छ ।’ त्यसको अनुमोदनका लागि हाम्रो टिम मतदाता सामु उपस्थित भएको उनले बताए ।
नेताहरुमा एउटा विशेषता नै छ,। पदमा पुगेपछि बदलिने । तर श्रेष्ठले भने वडा बदल्ने आफु नबदलिने प्रतिज्ञा गरेका छन् । ‘खास वडाध्यक्ष चाही सुमन श्रेष्ठ जस्तो हुनु पर्छ’ भन्ने वडामा फैलाउने उनको एउटा ठूलो सपना छ । जनताको मुद्धामा हराउने र उनीहरुको सफलतामा रमाउने एउटा अर्को सपना छ । उनीहरुको सेवक भएर पाँच बर्ष विताउने अर्को तेश्रो सपना छ ।
पर्यटन, शिक्षा र स्वास्थ्य, रोजगारको क्षेत्रमा गर्ने नयाँ कामहरुको लामो फेहरिस्त बोकेर श्रेष्ठ चुनावी मैदानमा उत्रिएका हुन् । ‘म गर्न सक्ने मात्रै बोल्छु । मैले धेरै कुरा भनेको छैन । तर आगामी ५ वर्षमा मेरो वडालाई नगरकै उत्कृष्ट वडा बनाउँछु ।’–उनले भने ।

ShareTweetPin
Previous Post

धरानमा गठवन्धन प्रतिनै मतदाताको भरोसा: भन्छन भोट दिन्छौ, दुख हेरि दिनुहोस्

Next Post

एमाले चुनाव अघि नै पराजित मानसिकतामा : कांग्रेस धरान सभापति श्याम पोखरेल

Next Post
धरानमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि

एमाले चुनाव अघि नै पराजित मानसिकतामा : कांग्रेस धरान सभापति श्याम पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.