काठमान्डौ । म्याग्दी जिल्लाको मालिका गाउँपालिका ६ मा आज बिहान मोटरसाइकल दुर्घटनामा पिरी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मलिका गाउँपालिका ५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दरवाङदेखि बाबियाचौर जाँदै गरेको ग ९ प ७४९ नम्बरको मोटरसाइकल बाङगेपहिरोमा दुर्घटना हुदा किसानको घटना स्थानमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मंगला गाउँपालिका ५ का २३ वर्षीय भविन्द्र किसान भने सामान्य घाइते रहेको प्रहरीले बताएको छ ।

















