बक्लौरी । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा नेकपा एमाले रामधुनी–६ ले वडा अध्यक्ष सहित ५ जनाको नाम टुंगो लगाएको छ ।
यस अघिको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षदेखि सदस्य सम्म जितेको यस रामधुनी–६ मा यस पटक पनि एमालेले जित्ने उद्देश्यका साथ ५ जनाको नाम टुंगो लगाएको हो ।
वडा अध्यक्षमा गयाराम राजधामि, खुल्ला सदस्यमा रन्जित चौधरी र रत्न राई, दलित महिला सदस्यमा लिलिया सदा र महिला सदस्यमा पवित्रा चौधरीको नाम टुंगो लगाएको छ ।

















