No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन, केएमसीमा गराइयो ‘क्याडेभरिक’ अभ्यास

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ७, २०७९
in समाचार, समाज, स्वास्थ्य
0
काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन, केएमसीमा गराइयो ‘क्याडेभरिक’ अभ्यास
Share on FacebookShare on Twitter

काठमाडौं । मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागि थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ । नयाँ चिकित्सकहरुलाई दुरविनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्ने सीप सिकाउँन शवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।

यस्तो प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापा बताउँछन् । उनका अनुसार इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेशन सम्बन्धि प्रशिक्षणमा अहिलेसम्म नेपालमा शवमा अभ्यास गराएर सिकाइएको थिएन । सहभागिहरुलाई केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.थापा र प्रा.डा.माल्कम पेस्टोनजीले सीप सिकाएका छन् ।

प्रयोगात्मक प्रशिक्षणपछि होटल हिमालयमा यो बिषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा १ सय १८ चिकित्सक सहभागि थिए । इन्टरनेटका माध्यमबाट पनि १ सय ७५ जना सहभागि भएको आयोजकले जनाएको छ । सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोगले पनि सहयोग गरेको थियो ।

ShareTweetPin
Previous Post

इलाका प्रहरी कार्यालय पकलीमा आए प्रहरी निरीक्षक रविन्द्र थापा

Next Post

इलाका प्रहरी कार्यालय पकलीको गाडि तोडफोड, ४ जना पक्राउ

Next Post
इलाका प्रहरी कार्यालय पकलीको गाडि तोडफोड, ४ जना पक्राउ

इलाका प्रहरी कार्यालय पकलीको गाडि तोडफोड, ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.