रामधुनी । नीजि क्षेत्रबाट सञ्चालित इटहरीको पहिलो अस्पताल सामुदायिक अस्पतालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको ल्याएको छ ।
अस्पातालले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
वि.सं. २०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै २५ जना सेयर सदस्य भएर सामुदायिक अस्पताल स्थापना गरेर सेवा दिदै आएकोमा हाल आफनै भवन र विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलव्ध भएको अस्पतालका अध्यक्ष टंक दुलालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष दुलालले १५ वेड सञ्चालनमा रहेको अस्पताल चाडै नै २५ वेडको सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । अस्पतालमा आधुनिक ल्याव सञ्चालनमा रहेको साथै विरामीले घरमै बसेर उपचार पाए जस्तै गरी सेवा प्रदान गरिदै आएको अस्पतालका मेडीकल सुपरिटेन्ड डा.डिल्ली राज रिजालले बताए।
अस्पतालमा हाल २४ सै घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पुर्ण रोक सम्वन्धी सेवा डा.डिल्लीराज रिजाल तथा डा।वुद्धिबहादुर गुरुङ्गबाट हाडजोर्नी तथा नशारोग सम्वन्धी २४ घण्टे सेवा, बालरोग सम्वन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्वन्धी आकस्मिक तथा परामर्ष सेवा आँखा रोग, सौन्दर्य, छाला, यौन रोग सम्वन्धी सेवाहरु सञ्चालनमा रहेका छन् ।


















