सुनसरी । धरान– धनकुटा सडक खण्डमा बसले अटोलाई ठक्कर दिदा अटो चालकको मृत्यु भएको छ । भने एक महिला गम्भिर घाइते भएकी छिन् ।
शुक्रबार विहान करिब ७:४० बजेकाे समयमा धरानबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र को २ ह ७०४१ नम्बरको अटो एक आपसमा जुध्दा अटो चालक भरौल–५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामीकाे घटनास्थलमै मृत्यु भएको हो ।
अटोमा सवार ताप्लेजुङ लिखुम–२ बस्ने १५ बर्षीय उषा लिम्बु घाइते भएको र उनको स्थानीयले उद्धार गरी अस्पताल पठाएको बताइएको छ । बस चालक धरान–१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल र बस प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्विर: सागर संगम चेम्जोङको फेसबुकबाट

















