धरान । सुनसरीको धरान उपमहानगरपालिका वार्ड नम्बर १ मा रहेको रुवा उद्योगमा आगलागी भएको छ ।
मंगलबार साँझ साढे ६ बजे सरोज आचार्यको घरमा रविन अधिकारीले सञ्चालन गरेको रुवा उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट रुवा गोदाम पुर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी बाट अन्दाजी १० लाख भन्दा बढी क्षति भएको छ । क्षतिको विवरण आउन बाँकी नै रहेको छ ।
आगलागी धरान उपमहानगरपालिकाको ३ वटा दमकल, नगर प्रहरी, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले करिब आधा घण्टामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

















