सुनसरी । तेह्रथुम जिल्ला को छथर गाँउपालिका ओख्रे स्थित देउराली आधारभुत विद्यालयमा खानेपानीको समस्या हुदाँ विद्यार्थीहरु सम्स्यामा परेका छन् ।
विद्यालय हाताभित्र पानिको व्यवस्थापन हुन नसक्दा विद्यार्थीहरु पिउने पानी तथा शौचका लागी घर सम्म धाउन बाध्य भएका हुन् । विद्यालय परिसरमा पानी व्यवस्थापनका लागि धेरै पटक स्थानीय सरकारसँग माग गरेपनी त्यस विषयमा स्थानिय सरकारले ध्यान नदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर निरौलाले जानकारी दिए ।
विद्यालयमा शौचालय भए पनि पानीको सम्स्याले गर्दा शौचालय प्रयोग नर्गर्ने तथा सरसफाईमा पनि समस्या हुदै आएको विद्यालयका प्रधानध्यापक सिर्जना योङहाङले जानकारी दिइन ।

















