रामधुनी १ को वडा सदस्यमा पत्रकार सुनिल चौधरीको उम्मेद्‍वारी दिने स्व–घोषण

रामधुनी । आगामी वर्ष २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रामधुनी १ मा वडा सदस्य पदमा पत्रकार सुनिल चौधरीले उम्मेद्‍वारी दिने स्व–घोषण गरेका छन् ।

आइतबार नेपाली कांग्रेस रामधुनी १ ले गरेको उम्मेदवारी स्व–घोषणा कार्यक्रममा पत्रकार चौधरीले वडा सदस्य पदमा उम्मेद्‍वारी दिने घोषणा गरेका हुन् ।

२०६५ सालदेखि नेपाली कांग्रेस कृयासिल सदस्य समेत रहेका चौधरीले पत्रकरीता मार्फत रामधुनीमा आफ्नो छुट्टै पह्रिचान बनाएका छन् ।

पत्रकारीता मार्फत रामधुनीको विकासमा योगदान पुर्याएका पत्रकार चौधरीले वडा सदस्य भएर वडा विकास र वडाका जनताका समस्याहरू नजिकवाट अध्ययन गरेर समाधान गर्न आफुले वडा सदस्यमा उम्मेद्‍वारी घोषणा गरेको बताए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनता समक्ष गरेका वाचा घोषणापत्रमै सिमित भएको र जनप्रतिनिधिले बजेट तय गर्दा जनताहरू संग सहकार्य नगरेको गुनासा आएको भन्दै आफुले उम्मेद्‍वारी दिन बाध्य भएको उनले बताए ।

जनताहरूलेनै जनप्रतिनिधिको रूपमा आउन आग्रह गरेको भन्दै चौधरीले उनिहरूको आग्रहलाई स्विकार्दै आफुले उम्मेद्‍वारी दिएको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य, नेपाल आदिवासी पत्रकार महासंघ सुनसरी जिल्ला उपाध्यक्ष, थारू पत्रकार संघ सुनसरी अध्यक्ष समेत रहेका चौधरीको पत्रकारीता संगै सामाजिक कार्यमा पनि उतिकै योगदान रहेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here