रामधुनी । सुनसरीको रामधुनी वडा नं ६ बक्लौरीमा नेपाल तरुण दल वडा भेला सम्पन्न भएको छ । भेलाले पुष्कर बस्नेतको नेतृत्वमा २२ सदसिय तरुण दल गठन गरेको छ ।
कार्यक्रमको सभापतित्वमा नेपाल तरुण दल रामधुनीका उप सभापति आसकुमार राई, प्रमुख अतिथिमा नेपाली कांग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारी, विशिष्ट अतिथिमा जिल्ला सदस्य विस्नु कुमारी चौधरी, अतिथिहरुमा प्रदेश प्रतिनिधि तथा क्षेत्रिय प्रतिनिधि शिवशंकर राजधामी, प्रदेश प्रतिनिधि जानकी चौधरी, शेखर कार्की, नेपाली कांग्रेस रामधुनीका पदाधिकारीहरु, वडा नं ६ का वडा सभापति आशिष श्रेष्ठ, वडा नं ६ का पदाधिकारीहरु, गाउँ कमिटीका सभापतिहरु, स्थानिय युवाहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँगे्रस रामधुनी नगर सभापति सुखिप अधिकारीले नव गठित समितलाई बधाई तथा शुभकामना दिदै आगामि निर्वाचनमा रामधुनी नगरपलिकालाई कांग्रेसमय बनाउने गरी कार्य थाल्न निर्देशन दिए । अधिकारीलेभने भोलीको दिनमा पाटिको नेतृत्व गर्ने गरी लागि पर्न नव गठित समितिलाइ आग्रह गरे ।
नव गठित समितिमा सभापतिमा पुष्कर बस्नेत, उप सभापतिमा राजकुमार चौधरी, सरस्वता चौधरी, सचिवमा सौगात राजधामी, कृष्ण कुमार चौधरी, सह सचिवमा मोहमद सौहाज खान, जिवन चैधरी, कोषध्यक्षमा सुस्मीता राजधामी, सदस्यहरुमा युवराज परियार, रुपेश सुनुवार, समिर राजधामी, आकाश राजधामी, विकाश राजधामी, श्याम रिषिदेव, रमण कार्की, अमित शाह, नविन बस्नेत, वुधनारायण शाह, राजाराम मुसहर, ओम राज लिम्बु, सुशिल चौधरी, कामेशवर राजधामी लगायतको २२ सदस्यि नेपाल तरुण दल वडा समिती गठन गरिएको हो ।

















