काठमान्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रवार भारत भ्रमणमा जानेभएका छन् ।
परराष्ट् मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाको चैत १८ देखी २० गतेसम्म भारत भ्रमण गर्ने बारे औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत जान लागेका हुन् ।
प्रधानमन्त्री देउवासँगै देउवाकी श्रीमती आरजु राणा देउवा, पराराष्ट् मन्त्री डा. नारायण खड्कालगायत उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।
देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । देउवा र मोदीले संयुक्त रुपमा जनकपुर जयनगर रेल सेवा शुभारम्भ गर्ने तायारी छ ।

















