झापा । विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि संगै उद्यमशीलतासंग जोड्न सहजता पु¥याउने उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिम हुने भएको छ ।
बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दे आयोजक स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. र भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लि.ले आगामी चैत २६ गते शनिवार तालिम गर्न लागीएको जानकारी दिए ।
एसइइ उत्तीर्ण गरेका र स्नाकोत्तरसम्मको अध्ययन गर्दै गरेका विद्यार्थीलाई लक्षित गर्दै नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्वन्धि तालिम गर्न लागीएको हो ।
तालिमकोे सहजीकरण भने सन्दिप क्षेत्रीले गर्ने भएकाछन् । राष्ट्रिय तथा अन्तराष्ट्रि क्षेत्रमा ख्याति कमाएका क्षेत्रीले सहजीकरण गरेको तालिममा सहभागीले आफूमा भएको क्षमतालाई अभिवृद्धि गर्दै आगामी दिनमा आफ्नो जीवनलाई कुन दीशामा लाने र कसरी आफ्नो जीवनलाई अघि बढाउने भन्ने विषयको निक्र्यौल गर्न सहज हुने आयोजकले विश्वास लिएको स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लिका अध्यक्ष सन्दिप राजवंशीले बताए ।
सबै मानिसमा क्षमता एकै प्रकारको हुँदैन । फरक – फरक क्षमताका मानिसको पहिचान गर्दै सबैलाई उद्यमशीलतासंग जोड्ने यो कार्यक्रमले सेतुको काम गर्ने छ अध्यक्ष राजवंशीले भने – यो विशेष तालिममा हामी झापा भरिका एक हजार विद्यार्थीलाई विशेष प्रशिक्षण प्रदान गर्छाैं ।
कार्यक्रममा सहभागीता जनाउने मध्ये विद्यार्थी वर्गलाई पाँचसय रुपैयाँ र अन्यलाई एक हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


















