रामधुनी । रंगहरुको पर्व होली शुक्रबार(आज) हर्षोल्लासपूर्वक नेपालको तराई क्षेत्रमा मनाइँदै छ । बिहीबार पहाडी जिल्लामा मनाइए पनि तराईमा भने आज मनाइँन लागिएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
कोरोना संक्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ । यसअघिका दुई वर्ष कोरोना संक्रमणको कारण होली पर्व खल्लो भएको थियो ।
गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ । होली पर्वको अवसरमा सरकारले आज मधेस–तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

