इटहरी । आसन्न स्थानीय निर्वाचनलाइ लक्षित गर्दै राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले बराहक्षेत्रमा बृहत आमसभा गर्ने भएको छ ।
अन्य ठुला दलहरूले शहरलाइ केन्द्र बनाएर कार्यक्रमहरू गरिरहेकै बेला राप्रपा सुनसरीले भने ग्रामिण भेगका जनतालाइ जागरूक बनाउने उद्येश्य सहित आगामि चैत्र ७ गते जिल्लाको बराहक्षेत्र नगरपालिकामा बृहत आमसभा गर्ने भएको हो ।
बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतले आमसभाका लागी सबै तयारी पुरा भएको जानकारी दिए । उनले सुनसरीको १२ वटै स्थानीयतहहरूबाट करीब ८ हजार जनता सभामा जम्मा गर्ने र कम्तिमा पनि ३ देखि ४ हजार सम्मलाइ पार्टिमा प्रवेश गराउने कार्यक्रम रहेको बताए ।
सभालाइ सम्बोधन गर्नका निमित्त राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन , अभिनेत्री तथा निर्देशक रेखा थापा , प्रखर वक्ता ज्ञानेन्द्र शाहि लगायत अन्य केन्द्रिय नेताहरूको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

