रामधुनी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी १ लाख म्यादी प्रहरीमा दरखास्त खुलेको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै चैत ६ गतेदेखि चैत ११ गते साँझ ५ बजेसम्म दरखास्त दिन योग्यता पुगेका नेपाली नागरिकका लागिदरखास्त खुलेको हो ।
काठमाडौं उपत्यकाकाका लागि महानगरीय प्रहरी परिसर र अन्य जिल्लाका लाागि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।


















