धरान । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकि छिन ।मृत भेटिनेमा धनकुटा नगरपालिका–९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि बेपत्ता भएकि थिइन् ।
मंगलबार विहान ९ बजे खोज तलास गर्ने क्रममा प्रहरी चौकी मुलघाटको टोलीले नदी किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

















