रामधुनी । प्रदेस १ का थारु चलचित्रकर्मी तथा कलाकारहरू गीत सङ्गीतको माध्यमद्वारा मौलिक संस्कार, संस्कृति, भेषभुसा र परम्परा प्रवर्द्धन गर्दै संरक्षणको पाटोमा भूमिका खेल्दै आएको यथार्थता छ । यसै क्रममा आफ्नो लोक कलालाई बाहिर ल्याउँदै थारु भाषा र शब्दमा थारु संस्कार अनुसार जीवन्त राख्न थारु चलचित्र कर्मी तथा कलाकारहरू होरी ९होली० पर्वको म्युजिक भिडियो छायाङ्कनको तयारी गरेको हो ।
रामधुनीको बकलौरीमा सोमवार पत्रकार सम्मेलन गर्दै थारु चलचित्र तथा सांस्कृतिक सङ्घ सुनसरीले होरी पर्वको महत्त्व र सांस्कृतिक पक्षलाई समेटेर मङ्गलवार देखी म्युजिक भिडियो छायाङ्कन गर्ने जनाएको छ । एउटै मञ्चबाट होरी विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित छायाङ्कन हुने आयोजकले जानकारी दिएको छ । अञ्जलि चौधरीको शब्द र सङ्गीत रहेको होरी गीतमा जनक चौधरीले निर्देशन गर्ने छन् । ‘खुसी लाके ऐनै होरी’ शब्दको गीतमा छायाङ्कन रवि चौधरीको रहने छ भने प्रमुख कलाकारको रूपमा विनोद र एन्डिसा चौधरी, पन्नालाल र ललिता चौधरीको रहने चलचित्र सङ्घ सुनसरीकी अध्यक्ष जानकी चौधरीले जानकारी दिइन् ।
चलचित्र तथा सांस्कृतिक सङ्घ केन्द्रीय अध्यक्ष प्रर्शुराम चौधरीले थारु समाजमा नयाँ कलाकार, गायक, गायिका, शब्दकार, उत्पादन भैरेकोले खुसि व्यक्त गर्दै आफ्नो कला चिनाउने र सक्षम बन्न शुभकामना दिए । थारु भाषाको प्रथम चलचित्र करम फिल्म दर्शक सामु ल्याउँदा तत्कालीन थारु भाषा विरोधी शासक वर्गहरूबाट पाएको दुख र सङ्घर्षका दिनहरू समेत समझिदै नव जागृत कलाकारहरूलाई कलाकारिताबाट थारुको पहिचानका लागि सङ्घर्ष गरेरै अगाडी बढ्न सुझाव समेत दिएका छन् ।
त्यस्तै कलाकार तथा सांस्कृतिक गीत सङ्गीत निर्माणका लागि रकम समेत सहयोग गरी सहयोगीहरूले हौसला प्रदान गरेका छन् । पत्रकार सम्मेलनमा विजय चौधरी रु ५०००।, थारु महिला सभा जिल्ला अध्यक्ष सुशीला लेखी रु ५०००। र पूरण चौधरीले आर्थिक रूपमा सहयोग गरी कलाकारहरूलाई हौसला प्रदान गरेका हुन । छायाङ्कन गर्न लागेको गीतको लागत रु एक लाख सम्म लाग्ने बताएको छ ।
पत्रकार सम्मेलनमा २०७८ को होरी पर्व तथा होरी गीत छायाङ्कन सफलताकालागी थारु महिला सभा जिल्ला अध्यक्ष सुशीला लेखी, विजय चौधरी, थाकस जिल्ला कोषाध्यक्ष तारा चौधरी, आदिवासी जनजाति पत्रकार महासङ्घ सुनसरी उपाध्यक्ष सुनिल चौधरी, महासङ्घ पूर्व अध्यक्ष नरेन्द्र चौधरी, थारु महिला सभा राम धुनी नगर अध्यक्ष लिली चौधरी लगायतका बक्ताले थारु संस्कार अनुसार मनाउने पर्वको बारेमा जानकारी गराएका थिए ।

















