मोरङ । मोरङबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
मोरङको गोविन्दपुर घर भई मेचीनगर नगरपालिका १२ मा बस्दै आएका १८ वर्षीय अबिनारायण लिम्बूलाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
लिम्बूलाई प्रहरीले बिहीबार २१.३८ ग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको प्रहरी कार्यालय विराटनगरले जनाकारी दिएको छ । प्रहरीले लिम्बूलाई उनको घरबाट नै पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।


















