काठमान्डौ । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
मालारानी गाउँपालिकाको माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।
शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी अमर थापाले बताए ।
प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी अमर थापाले जानकारी दिए ।


















