रामधुनी । मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको अभिनय रहेको गीत ‘मन्तर मोहनी’ सार्वजनिक भएको छ । आइतबार कुमारी सिनेमा हलमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
मदनकृष्ण श्रेष्ठकी छोरी समेत रहेकी गायिका सराहना श्रेष्ठको स्वर रहेको गीतमा कालीप्रसाद बांस्कोटाको शव्द र संगीत रहेको छ ।
गीतको भिडियोमा मह जोडीका साथै पुष्प खड्का र सराहना स्वयम्को अभिनय रहेको छ । भिडियोलाई सराहनाले नै निर्देशन गरेकी हुन् ।

















