काठमाण्डौ । गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।
सात दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक ९डीएसपी० युवराज खड्काले जानकारी दिए।
गएको आइतवारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहको सोमबारदेखि अदालतमा बयान सुरु हुने उनले बताए ।
पल शाह गएको फागुन १५ गते आफैँ प्रहरी समक्ष उपस्थित भएका थिए । यसअघि शाहलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

















