इटहरी । जापान टेक्नोले माया घर नेपाल इटहरीका बालबालीकाहरुलाई शैक्षिक र खेल सामाग्री हस्तान्तरण गरेको छ ।
शनिबार जापानमा रहेको टेक्नोद्वारा विश्वव्यापी रुपमा सञ्चालित ”वन बल कनेक्ट अभियान अन्तरगत मायाघरका बालबालिकाहरुलाई विभिन्न सामाग्री वितरण गरेको हो ।

हाल जापानमा रहेका समाजसेवी युवा नवराज पौडेलको पहलमा माया घरका २२ बालबालिकालाई साइकल, स्टडी टेबल, स्वास्थ्य सामाग्री, स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको अभियान्ता तथा सामाग्री हस्तान्तरण कार्यक्रमका नेपाल संयोजक निराजन पाण्डेले जानकारी दिए ।
कार्याक्रमलाई निराजन पाण्डे, धावा तामाङ, उत्सव दाहाल लगायतले सहजीकरण गरेका थिए । माया घरका उपाध्यक्ष जनक कार्कीले यस किसिमको सहयोगले मायाघरका बालबालिकालाई हौषलाका साथै सहज भएको बताए। उनले सहयोग सामाग्री उपलब्ध गराउने जापान तथा नेपालका सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा साथ र सहकार्य आवश्यक रहेको बताए ।

माया घरमा कार्यक्रम भएको समयमा जापानमा समेत कार्यक्रम भइरहेको थियो । कार्यक्रममा जुम प्रविधिबाट आयोजक संस्था र माया घरको कार्यक्रम जोडिएका थिए ।
शनिबार नै प्रदेश १ मा सडक मानव मुक्त अभियान सुरु गरिएको छ । हाल मायाघरमा बेसहारा, अनाथ तथा आफन्तविहीन बालबालिकादेखि वृद्धवृद्धाहरु रहेका छन् ।

















