तेह्रथुम । तेह्रथुमका किसान किबी खेतीमा आकर्षित हुन थालेका छन् । छिमेकी जिल्ला इलामबाट किबीको नर्सरी ल्याएर खेती सुरु गरेका तेह्रथुम लालीगुराँस सोल्माका किसानको घर घरमा किबी खेती गरेको देखिन्छ ।
परम्परागत खेती भन्दा नयाँ खेती सुरु गर्दा धेरै फाइदा भएको सोल्माका किसान देवी पोख्रेलको बताए । नगदेबालीबाट मनग्य आम्दानी लिन सकिने कृषक पोख्रेलले बताए । यहाँका किसानले किबीबाट बार्षिक ३ लाख रुपैयासम्म आम्दानी लिने गरेका छन् ।
थोरै क्षेत्रफलमा पनि धेरै आम्दानी हुने भएकाले किबी खेतीको आम्दानी देखरे कृषकहरु दंग परेकाछन् । यहाँका प्रत्येक घरमा किबी खेती गर्न थालिए पनि पोख्रेलको किबी खेती जिल्लाकै उत्कृष्ट बनेको छ ।


















