धरान । सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ शुभारम्भ भएको छ । धरान रनमा नेपाल, भारत, हङकङ, बेलायत, जर्मन, कतार आदि मुलुकबाट धावकधाविकाहरूले सहभागिता जनाएका छन् । ‘शिक्षाका निम्ति च्यारेटी दौड’ भन्ने मूल नाराका साथ प्रतियोगिता शुरू भएको छ ।
आज बिहान भानुचोकबाट शुरु भएको धरान रन दैड प्रतियोगिता कोभिड महामारी पश्चात ठुलो संख्यामा धावकधाविकाहरुले सहभागीता जनाएका छन् । धरान रनका अनुसार करिब ३६ सय जनाको सहभागिता रहेको जनाएको छ ।

