रामधुनी। सुनसरी जिल्लाको एक होटलमा एक महिलाको शव फेला परेको छ । हिजो मंगलबार बिहान धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटलको एक कोठामा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता गजेन्द्र रायमाझीले जानकारी दिए ।
प्रवक्ता रायमाझीले घटनाको बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

















