विराटनगर । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ ।
आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको हो ।
विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेको थिए । कसको बच्चा हो भन्ने विषयमा पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

















