रामधुनी । जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका छन् । आइतबार शाहले जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका हुन् ।
शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएसँगै उनि प्रहरी कार्यालय पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका शाहलाई नियन्त्रणमा लिएर अनुसन्धा अघाडी बढाइएको डीएसपी युवराज खड्काले जानकारी दिएका छन् ।

















