विराटनगर। प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक बैठक बस्ने भएको छ ।
आइतबार प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
गएको मंसिर १ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । त्यसयता बैठक बसेको थिएन ।
“मिति २०७४/०८ / १ गतेका दिन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेश–१, प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक मिति २०७८ साल फागुन १५ गते आइतबार दिनको १ बजे प्रदेश सभाहल, प्रदेश–१, विराटनगरमा बस्ने व्यहोरा प्रदेशसभा नियावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेशसभा सदस्यज्यूहरूको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,” जारी सूचनामा उल्लेख छ ।

















