काठमाडौं । उच्च अदालत पाटनले रु ६२ लाख ८ हजार जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–२ का ३८ वर्षीय विश्वनाथ अधिकारीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २९ गतेको फैसलाअनुसार १० दिन कैद र बिगो बमोजिम रु ६२ लाख ८ हजार जरिवाना ठहर भई फरार रहेका अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर विसं २०७६ र २०७७ मा नेपाल बैंक लिमिटेड न्यूरोड शाखाको दुईवटा चेक दिएर बैंकिङ कसुर गरेकाले अधिकारीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका अधिकारीलाई फैसला कार्यान्वयनका लागि बिहिबार जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले जनाएको छ ।

















